अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

अमर बान्तुको पुस्तक ‘परिभाषाका राँटाहरु’ र गीति एल्वम ‘अमर भावना’ एकसाथ बिमोचन

बिआरटीनेपाल २०७४ चैत १० गते ११:०६ मा प्रकाशित

कवि तथा गीतकार अमर बान्तुको कविता संग्रह परिभाषका राँटाहरु र गीति एल्वम अमर भावना एकसाथ बिमोचन भएको छ । बान्तुका ४४ वटा गीतहरु र १२ वटा कविता संग्रहित पुस्तक परिभाषाका राँटाहरु र १२ वटा गीतहरु संग्रहित एल्वम अमर भावना आज राजधानिको लाजिम्पाट स्थित होलट संकरमा भब्य कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।

एल्वममा फूल जस्तै, जिन्दगीका दौडमा, फक्रदै रहरहरु, युगौं भयो, जन्मने रहर, हिड्नु पर्ने, भोजपुरैको बजार, आमा, यति धेरै, ओठमा आई लगायतका १२ वटा गीतहरु रहेका छन् जसमा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको संगीतमा अन्जु पन्त, एड्रिन प्रधान, उदय सोताङ, राजेस पायल राई, राज सागर, स्वरुपचाज आचार्य, बानिका प्रधान लगायतको आवाज रहेको छ ।

बरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकको प्रमुख आतिथ्यमा सम्पन्न कृति बिमोचन समारोहमा एल्बम भित्रका गीतहरुको लाईभ प्रस्तुती गरिएको थियो भने ४ वटा म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

अग्रज तथा युवा पुस्ताका चर्चित संगीतकर्मीको बाक्लो उपस्थिती रहेको कार्यक्रममा बिशिष्ट अतिथकिा रुपमा डा. भोला रिजाल, कालि प्रसाद रिजाल, पूर्व मन्त्री तथा गीतकार एस पी कोईराला, स्रवण मुकारुङ, सत्य स्वरुप आचार्य लगायतले एल्वम र  पुस्तक दुवै राम्रो बनेको प्रतिकृया दिएका थिए । ३ चरणमा बिभाजीत कार्यक्रमको पहिलो चरणमा चियापान कार्यक्रम राखिएको थियो भने दोस्रो चरणमा औपचारिक कार्यक्रम र अन्तिम चरणमा कक्टेल डिनर पार्टी राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू