अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

अस्टिन बमकाण्डका दोषीद्धारा आत्महत्या

बिआरटी नेपाल प्रतिनिधि, फोर्ट वर्थ, टेक्सस २०७४ चैत ८ गते १२:१९ मा प्रकाशित

अस्टिन बमकाण्डका दोषीले आत्महत्या गरेका छन् । उनले आफुसँग रहेको अन्तिम बम प्रयोग गरी आत्महत्या गरेका हुन् । बमकाण्डमा २ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । उक्त बमकाण्ड मार्क एन्थोनी कन्डिटले गराएका थिए ।

आफु प्रहरीको फन्दामा पर्नै लागेको अनुमानपछि कन्डिटले बमकाण्ड किन गराएको भन्ने स्वीकारोक्ति गरेका थिए । उनले २५ मिनेट लामो भिडियो खिचेर बमकाण्ड गराउनुको कारण बताएका थिए ।

‘तर, उनले पीडितलाई नै किन लक्षित गरी बम पड्काएको भन्ने भिडियोमा खुलाएका छैनन्,’ अस्टिनका कार्यवाहक प्रहरी प्रमुख ब्रायन म्यान्लीले भने । उनका अनुसार २३ वर्षीय कन्डिटले बमकाण्ड गराउनुको कारण आफ्नो जीवनमा भोग्नु परेको कठोर कठिनाइ र चुनौती भएको भिडियोमा बताएका छन् । ‘कारण जेसुकै भए पनि अपराध अपराध नै हो,’ म्यान्लीले भने ।

कन्डिटले बमकाण्डको स्वीकारोक्ति भएको भिडियो आत्महत्या गर्नु घण्टौँ अघि बनाएका थिए । उनी आपूm बसेको होटेल छाडेर हिँड्न साथ प्रहरी पछि लागेको थियो । टेक्ससको सीमामा पुगेपछि प्रहरीले उनलाई रोकेका थिए । त्यसपछि उनले आफुसँग रहेको अन्तिम बम पड्काएका थिए । प्रहरीले उनको सेल फोन बुधवार बिहान उनको शरीरबाट बरामद गरेको थियो ।

कन्डिटले यसअघि कुनै पनि अपराध नगरेको प्रहरीले जनाएको छ । प्रहरीले बुधवार कण्डिटसँग बस्ने साथीहरूसँग अन्तवार्ता लिएका छन् भने सङ्घीय अधिकारीहरूले कण्डिटको घर पुगेर उनका परिवारसँग कुरा गरेका छन् । बम निर्माण र विस्फोटमा कण्डिटबाहेक अरूको संलग्नता थियो कि थिएन भन्ने निक्र्यौल गर्न कन्डिटका परिवार र साथीभाइ सँग भेटिएको हो ।

बमकाण्डमा संलग्न पाइएपछि र आत्महत्या गरेपछि कन्डिटको परिवार गहिरो शोकमा छ । प्रहरीले कन्डिटका २ साथीलाई सोधपुछ गरे पनि गिरफ्तार गरेका छैनन् । अस्टिन प्रहरीले यसअघि कन्डिट विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । फोटो: गुगल 

 

प्रतिक्रिया