अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

यस कारण गिरिजा निडर नेता

मिन बहादुर पण्डित २०७४ चैत ७ गते २२:५० मा प्रकाशित

किन गिरिजाका पालामा अहिले जस्तो खुलेर भारतीय हस्तक्षेप देखिँदैन थियो त्यस बारेमा पहिले चर्चा गरौँ। गिरिजाको पालामा अहिले जस्तो खुलेर भारतीय हस्तक्षेप देखिँदैन थियो, किनकि गिरिजा सत्तामा बस्न भारतकै चाहना र निर्देशन अनुसार चल्थे । भारत कै चाहना अनुसार सन्धि संझ्यौताहरू गर्थे, अनि किन देखाउनु पर्‍यो हस्तक्षेप ? त्यसैले गिरिजा ठुला विकास निर्माण ल्याउन चाहदैंन थिए वा सक्दैन थिए, किनकि उनलाई सत्ता प्यारो थियो देश विकास होइन । भारतको भित्री र बलियो समर्थनका कारण गिरिजालाई प्रचण्ड र अरू कसैले हल्लाउन सक्दैन थियो । लामो समय सत्तामा रहेर पनि जिरिजाको पालामा देश विकास नहनुको कारण यही नै हो । तर गिरिज़ाको अवसान पछि नेपाली राजनीतिको चुरो फेरियो, सक्त्ती पनि बाड़ियो । त्यसैले भारतले कहिले सुशील, कहिले देउवा र कहिले प्रचण्डलाई हात लीन खोज्दा नेपालमा भारतको नागों हस्तक्षेप देखिएको हो । अर्कों कुरा नेपाल भारतको हात गायो भने तिब्बतलाई ठुलो असर पर्न सक्ने देखेर मात्र चीनले नेपालमा चासो दिएको हो । नेपाल असफल रास्ट बन्ला र भारतको हात जाला भनेर मात्र चीनले नेपाललाई ठुला ठुला मद्दत गरेको हो । 

रिंग रोड बड़ाउने देखी सशस्त्रलाई ६ अरब ख़र्च गरेर हेड क्वार्टर बनाइ दिनु आदी कारण पनि यही हो । चीनले नेपाललाई मद्दत गर्नुको दुई कारण व्यापार बिस्तार र तिब्बत बचाऊँन हो । अतः चिनियाँ स्वार्थले हामिलाईं क़ेहि फरक पार्दैन बरु फाइदा नै गर्छ, तर भारतीय स्वार्थले एक दिन देश डूबन सक्छ । किनकि भारतको कोसिस अझै जारी छ । नत्र बाम गठबन्धनले भारतको के बिगारेको छ र फुटाउन लागी परेको छ ? कुरा स्पष्ट छ नेपालमा स्थिर सरकार भएको,सांती भएको, विकास भएको उसलाई मन पर्दैन । क़रीब दुई तिहाइ बहुमत आउँदा पनि नयाँ सरखेर बन्न नसक्नुको कारण पनि यही हो । नत्र लज्जास्पद हार ब्याहोरेका देउवाले राजीनामा गरी सक़्थे । भारतको रणनीति अन्तर्गत नै देउवा सत्तामा टाँसियर बसेको कुरा घाम जत्ति कै छरलंग छ । (नत्र प्रतिनिधि सभा ठुलो कि रास्टीय सभा?) समाधानमा जे सुकै लेखिएको होस तर चुनाव हारे पछै नैतिकताका आधारमा राजीनामा गर्नु पर्छ, बरु अर्कों सरकार नबने सम्म काम चलाऊ सरकार भएर बस्न पाहींछ । दु:खको कुरा सेर बहादुर देउवा पनि गिरिजा हिँडेकै बाटो हिँड्दै छन् ।

त्यसैले सिक्किम जस्तो असफल रास्ट बनाएर नेपाल हड़पने उसको दाउलाई परास्त नगरे सम्म देश बन्न सक्दैन । यत्ति पनि नबुझे नेपालका राजनीतिक दलहरूले के राजनीति गर्नु ? अर्कों कुरा अहिलेका लोकप्रिय नेता केपी ओलीको हातमा सत्ता ज़ादा भारत ख़ुसी छैन, किनकि केपी अरू नेता जस्तो जे भने पनि मान्ने खालका परेनन । केपीले टेरदैनन भनेर भारतले राम्ररी बुझेक़ो छ । त्यसैले त सेर बहादुर प्रचण्डलाई पाँच र्बषनै प्रम खाऊ हामी लेखेर नै दिन्छौ भंन्दैछन । नत्र सेर बहादुरलाई प्रचण्ड प्रम हुन की ओली किन आप्पत्ति ? बाम गठबन्धन टूटाऊँन खोज्नु भारत र काँग्रेसको नियतमा ठुलो खोट छ । यो सरासर रास्टघात र जनमतको अपमान हो । किनकि देश सधैँ अस्तिर भो, ५ वर्ष एउटै सरकार नहुनाले देश विकास हुन सकेन भनेर नेपाली जनताले बडो सुझबुझका साथ यो पाली बाम गठबन्धनलाई जिताएका हुन । अनि त्यही गठबन्धन टूटाऊन नागों रूप देखाउने ? मूल्य र मान्यता भएको सभ्य राजनीति गर्ने पार्टीले यस्तो नीच कार्य कदापि गर्दैंनन ।

नेपाली जनताको आशा र भरोसालाई कुल्चिने काम कसैले पनि गर्नु हुँदैन । अन्ततोगत्वा यसले देशलाई नै ठुलो हानि गर्ने छ । नेपाल बन्न नसक्नुको वास्तविक कारण पनि यही हो । नत्र श्रोत साधन नभएका अरू देशले प्रगति गर्न सक्ने तर नेपाल चाहिँ प्रशस्त प्राकृतिक श्रोत र सम्पदा हुँदा हुँदै पनि प्रगति र विकास गर्न नसक्ने, त्यस्तो पनि कँहि हुन्छ ? नत्र हाम्रा ६० लाख युवाहरू बुढा भएका बाउ र आमालाई गाउँमा एक्लै छाडेर रोजगारीका लागि खाडी र मलेसिया जानु पर्ने थिएन । देश विकास नभए पछि पार्टी चलाउने खर्च जुटाउन पनि गाह्रो हुन्छ, त्यसैले काँग्रेसका पालामा पार्टी चलाउने खर्च जुटाउन कमिसनका लागि भए भरका सरकारी उद्योगहरू निजीकरणका नाममा बेचिएका हुन् । बीपी कोइरालाको कामका बारेमा पनि आइ. ए.को पोलिटिकल साइन्सको किताबमा खासै राम्रो लेखिएको छैन, त्यसैले इतिहासले सबैको राम्रो नराम्रो कामको मूल्याङ्कन अवश्य गर्ने नै छ । त्यसैले गिरिजाको पालामा अहिले जस्तो खुलेर भारतीय हस्तक्षेप देखिँदैन थियो । तर हस्तक्षेप पहिले पनि थियो र अहिले पनि छ । कसैलाई मन परोस् नपरोस वास्तविकता त यही हो । त्यस कारण गिरिजालाई यदि कसैले निडर नेता भन्छ भने पहिले उसले यी तथ्यहरू बुझोस् ।

प्रतिक्रिया