अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

नेपाली अमेरिकन कलाकार सङ्घको तेस्रो अधिवेशन सम्पन्न तथा नयाँ नेतृत्व चयन

पुष्कर बराल, न्यु योर्क २०७४ फागुन २८ गते २०:०२ मा प्रकाशित

नेपाली अमेरिकन कलाकार सङ्घ नर्थ अमेरिकाको तेस्रो अधिवेशन हिजो न्युयोर्कमा एक भव्य कार्यक्रम बिच सम्पन्न भएको छ । कार्यक्रममा न्यु योर्क लगायत अरू सहरका नेपाली समाजका सम्पूर्ण व्यक्तित्व तथा सङ्घ संस्थाका प्रमुखहरू उपस्थित भएका थिए । कलाकारलाई माया गर्ने अरू धेरै कलाप्रेमीहरु बिच सम्पन्न कार्यक्रमा प्राय सबै समाज र सङ्घ संस्थाका प्रमुखहरुलै कलाकारलाई शुभकामना तथा कलाकार बिना समाज खल्लो हुने सम्पूर्णको धारणा थियो । अमेरिका जस्तो ठाउँमा आएर पनि कलाकारहरू यसरी सङ्गठित भएकोमा सबैले कलाकारको प्रसम्सा गर्दै यहाँको नेपाली समाजलाई कलाकारले दिएको मनोरञ्जन र कार्यलाई सबैले खुलेरै तारीफ गरे । 

अमेरिकामा पहिलो पल्ट सन २०१२ मा गौरी मल्लको पालामा गठन भएको कलाकार सङ्घ अहिले तेस्रो अधिवेशमा आई पुग्दा नायिका गौरी मल्ल गायक गोम्बु शेर्पा हुँदै अहिले लोकगायक सुमन बुढा मगर सङ्घको नेतृत्वमा छन् । सुमनको यो दोस्रो कार्यकाल हो ।

हिजो सम्पन्न अधिवेशनमा निबर्तमान महासचिव अभय ढुन्गेललाई निर्वाचनमा हराउँदै सुमन पुन नेतृत्वमा आएका छन् । केही पद निर्वाचन प्रकृयाबाट र केही निर्विरोध गरेर नयाँ कार्य समिति चयन भएको छ जसमा अध्यक्षमा सुमन बुढा मगर वरिष्ठ उपाध्यक्षमा निशा सुनार छन् भने उपाध्क्षमा खड्गबहादुर (विक्की) पुलामी मगर, बसन्ती राई, गीता बिर्लाकोटी, एत्ना कार्की र पार्वती राई, साथै रचनाकार उपाध्यक्ष(खाली रहेको) महासचिवमा लोकदोहोरी गायक बिमल डाँगी, सचिव सौरमराज तुलाधर, कोषाध्यक्ष संगिताथापा मगर, सह-सचिव मुना भण्डारी, सह-कोषाध्यक्ष प्रेम सेन्चुरी र युवा संयोजक रूबिन शर्मा छन् । क्षेत्रीय उपाध्यक्ष (वेष्ट कोश) रामसिंह बस्नेत छन् । 

त्यसै गरेर कार्य समिति सदस्यहरूमा पुष्कर बराल, सुवर्णकुमार शाक्य, दिलिपकुमार मगर, पूजा न्यौपाने, सुरेन्द्र बास्तोला, रामकुमार सिंह, दीपा थापा, नवीन श्रेष्ठ र सुवास चन्द्र मोक्तान छन् । अमेरिकन कलाकार सङ्घको अधिवेशन हरेक दुई दुई वर्षमा हुने गर्दछ ।

प्रतिक्रिया