अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

महान् वैज्ञानिक स्टिफन हकिङका अति कामलाग्ने भनाइहरू

पुष्कर बराल, न्यु योर्क २०७४ चैत १ गते २१:२५ मा प्रकाशित

वर्तमान युगका महान् वैज्ञानिक स्टिफन हकिङलाई संसारमा नचिन्ने को होलान् र । तर, अब उनको भौतिक शरीर हामीबिच रहेन । उनको बुधवार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइन पनि भनिन्थ्यो । उनले आफ्नै निवास युकेको क्याम्ब्रिजमा ७६ वर्षको उमेरमा देह त्याग गरे ।

शारीरिक रूपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने वैज्ञानिक थिए । जब उनी २१ वर्षका थिए उनी असक्त भए । डाक्टरले उनलाई न्युरो रोगको कारण प्यारालाईज्ड भएको र २ वर्ष भन्दा बढी नबाच्ने दाबी गरेका थिए तर उनी अरू ५५ वर्ष बाँचेर संसारलाई अचम्मित मात्र पारेनन् भौतिक शास्त्रका ठुला बाज्ञानिक भएर देखाइदिए । विद्यालय जीवनमा उनी अतिनै सामान्य विद्यार्थी थिए भन्ने गरिन्छ । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षक तथा परिवार समेत चिन्तित थिए । तर पछि त्यही कमजोर बालक स्टीफन हकिंगको रूपमा संसार विख्यात भए, भौतिक विज्ञानको खोजले ।

अचम्म त के छ भने सन् १९८८ मा हकिङले लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाई हल्लायो । १० मिलियन भन्दा बढी पुस्तक विक्री भएको जनाइन्छ । पत्रपत्रिकाहरूमा हप्तौँ सम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भइरहे ।

स्टिफन हकिङले विभिन्न चरणमा भनेका केही महत्त्वपूर्ण भनाई वा वाणीहरू पढौँ यसले हाम्रो जीवननै बदलिदिन सक्छ
१-मानिसले सबैभन्दा ठुलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेसा कुरा गरिराख्नु जरुरी छ ।
२-आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेसा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरूलाई बाँच्ने आधार दिन्छ ।
३-जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरू प्राय: हारेका व्यक्ति हुन्छन् ।
४-म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।
५-मैले नोटिस गरेको छु, यस्ता मानिसहरू जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरूले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।
६-ज्ञान यस्तो शक्ति हो, जसले तपाईँमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।
७-म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।
८-मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय बर्बाद गर्नु घृणा लाग्छ ।
९-हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।
१०-हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ ।
११-तपाईँ विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईँको कुनै गल्ती होइन । साथै यसका लागि दुनियाँलाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाइभित्र सकारात्मक ऊर्जा र विचार हुनुपर्छ ।
१२-यदि कुनै मानिस शरीरका रूपले अपाङ्ग छ भने, उनीहरू आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरूले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।
१३-यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटि न तपाईँ न म यस धर्तीमा रहन सक्छु ।
१४-कार्यले तपाईँको उद्देश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन शून्य छ ।
१५-जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौँ भने ।

नोट-विभिन्न समाचार र स्रोतको सहयोगमा तयार पारिएको