अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

साहित्यकार तथा गीतकार राकेश काफ्लेको निधनप्रति ‘अनेसास’ परिवारद्वारा गहिरो दुख ब्यक्त

बिआरटीनेपाल २०७४ फागुन १६ गते ५:५५ मा प्रकाशित

साहित्यकार तथा गीतकार राकेश काफ्लेको निधनप्रति अन्तराष्ट्रिय नेपाली साहित्य समाजले गहिरो दुख ब्यक्त गरेको छ । आज अनेसासले प्रेश विज्ञप्ती जारी गर्दै लेखक काफ्लेको अप्रत्यासित निधनले आफूहरुलाई स्तब्ध तुल्याएको भन्दै गहिरो दुख ब्यक्त गर्नुका साथै परिवार जनमा हार्दिक समवेदना प्रकट गरेको हो ।

अनेसासले जारि गरेको विज्ञप्तीमा भनिएको छ:
गीतकार, साहित्यकार तथा अनेसासका आजीवन सदस्य राकेश काफ्लेको असामयिक निधनको खबरले अत्यन्तै स्तब्ध बनाएको छ । दुखको यस घडीमा स्वर्गीय काफ्लेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

सन् १९९१ सालमा भूटानको थिम्पुमा जन्मेर हाल अमेरिकाको आओवा अमेरिकामा बसोबास गर्दै आउनु भएका काफ्लेका तुलसी मन्जरी (गीत गजल अल्बम), प्रतिक्षा (गीति अल्बम), प्रयास (गीति गजल अल्बम), परिवेश रोएको बेला (मुक्तक संग्रह) र दबाइएका आवाजहरु (संयुक्त गजल संग्रह) प्रकाशित भएका छन् ।

स्वर्गीय काफ्लेका एक श्रीमती, एक छोरा र एक छोरी छन् । भूटानी नेपाली साहित्यमा विशिष्ट स्थान ओगटेका काफ्लेको निधनले नेपाली युवा साहित्यमा अपुरणीय क्षति पुगेको छ । स्वर्गीय काफ्लेप्रति पुन: हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू