अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

बमबारी रोक्नु पर्ने संयुक्त राष्ट्रसंघको आग्रह

बिआरटीनेपाल २०७४ फागुन ८ गते ७:२७ मा प्रकाशित

सिरियाली सरकारी सुरक्षाबलले दमासकसको बाहिरी इलाकामा रहेको पूर्वी भागमा पर्ने घौटामा गरेको आक्रमण परी कैयौ सर्वसाधारण मारिएका मानव अधिकारबादीहरुले बताएका छन् । 

सेनाले सोमबार विद्रोहीलक्षित गोलाबारी, हवाई तथा रकेट आक्रमणहरूमा परी २० बालबालिकासहित कम्तीमा ७७ जना मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी घौटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । यस यस प्रंकारको बमबारी रोक्न संयुक्त राष्ट्रसंघका एक अधिकारीले आग्रह गर्नु भएको छ । हाल त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया उहाँले दिनु भएको छ ।

घौटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले आक्रमणको तयारी गरिरहेको बताइएको छ ।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौं घाइते भएका छन भने, लाखौं घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन । (रासस )

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू