अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२१ | Colorodo: 12:36

नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुती रसियामा

बिआरटीनेपाल २०७४ फागुन ५ गते १०:३८ मा प्रकाशित
रसियाको नोभोसिबिर्स्क शहरमा भैरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म अकडेमीले नाटक प्रदर्शन गरेको छ ।
फेस्ट्वलको नियम अनुसार एक दुई या धेरैमा तीन जना कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरि,  एकेडेमिक डाइरेक्टर नरेश कुमार केसि र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया गएका थिए ।
रसियाको सबै स्टेट र देशहरु गरेर ४६ ओटा नाटक मन्चन भएको उक्त फेस्टिवलमा नेपालले १२ फेब्रुअरी दिउँसो ३ बजे, नोभोसिबिर्स्क स्थित रेड हाउस थिएटरमा  रोनिश राउत निर्देशित  २३ मिनेट लामो नाटक  ´ पिस ´ देखाएको थियो । नेपालको द्वन्द्व कालको बिषय माथी निर्माण गरिएको उक्त नाटकमा सन्जोग रसाइली माओवादि र मोहन जैशीले आर्मीको भुमिका निर्वाह गरेका थिए ।
नाट्क पछि नेपालको सिनेमा,  आर्ट र थिएटरको बिषयमा अन्तर्कृया राखिएको थियो । नाटक प्रदर्शनी र अन्तर्क्रीया सङै नेपालि टोलिले त्यहा स्थित थिएटर ईन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस,  टेलिभिजन र आर्ट हाउस हरुको औपचारिक भ्रमण गरेका थिए । फेस्टीवलको आयोजक नोभोसिबिर्स्क स्टेट थिएटर ईन्स्टिच्युट र ‘अन द लेफ्ट बेन्क’ थिएटर ईन्स्टिच्युटका प्रतिनिधीहरु गत जेष्ठमा नेपाल आएर कान्तिपुर फिल्म अकडेमीसङ नेपाल र रसिया बिच स्कलर एक्सचेञ्ज र कल्चरल एक्सचेञ्जको लागि सहकार्य गर्ने सम्झौता गरेका थिए ।
यो भ्रमण र सहभागिताले दुई देशको थिएटर, एजुकेसन, कल्चर र रिलेसन बिस्तारमा महत्त्वपूर्ण भुमिका खेलेको सिईओ प्रकाश पुरिले बताए । र हरेक बर्ष बिधार्थी पढ्नको लागि पठाउने, थिएटर फेस्टिवल र प्रतियोगितामा सहभागी हुने र नेपाली फिल्मको छायांकनको लागि वातावरण बनाइदिने जस्ता महत्वपुर्ण बिषयमा सम्झौता भएको जानकारी गराए ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू