अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

‘सञ्जीवनी’ बिमोचन संगै उपन्यासकार कल्पपुञ्जद्वारा आवाज बिहिनका लागि अक्षयकोषको स्थापना

बिआरटीनेपाल २०७४ फागुन ५ गते २:४९ मा प्रकाशित

कल्पना श्रेष्ठ कल्पपुञ्जको उपन्यास सञ्जीवनीको बिमोचन भएको छ । अढाइ दशक देखी नेपाली काव्य क्षेत्रमा साधनारत कल्पना कल्पपुञ्जको चौंथो कृति उपन्यास सञ्जीवनी शुक्रबार राजधानिको सर्वनाम थिएटरमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

स्याङ्जा,पुतलीबजार न.पा.–१अभियानपथमा मा जन्मिएकी साहित्यकार कल्पपुञ्जले उपन्यास सञ्जीवनीमा आफ्नो बाल्यकाल बिताएको स्याङजालाई र आफ्नो वालापनलाई पनि यस उपन्यासमा समेटेकि छन् । आवाज बिहिन युवतीको जीवन संघर्षमाथी लेखिएको सञ्जीवनी ५ बर्ष भन्दा बढि समय लगाएर लेखिएको उपन्यास हो ।

लेखिकाले यो उपन्यास तयार पार्द दोभाषेको साथ लिएर आवाज बिहिनसंग लामो संगत गरेकी थिईन् भने बिमोचन समारोहमा समेत प्रमुख अतिथी आवाज बिहिन ब्यक्ती तथा बहिरा संघकी अध्यक्ष सत्यदेवी वाग्लेलाई बनाईएको थियो भने वाग्ले र उपस्थित अन्य आवाज बिहिनलाई जानकारी गराउन दोभाषे शिलुलाई राखिएको थियो । जसले सम्पुर्ण कार्यक्रम र बक्ताका भनाई सांकेतिक भाषाको माध्यमबाट ब्यक्त गरेकी थिईन् ।

भुवनहरी सिग्देलको सभापतित्वमा सम्पन्न बिमोचन समारोहमा समालोचकहरु महेश पौड्याल, राम लोहनी र डा रजनी ढकालले कृतिमाथी समिक्षा गरेका थिए । आवाज बिहिनको कथालाई उजागर गरेकी साहित्यकार कल्पपुञ्जले आवाज बिहिन तथा साहित्यक क्षेत्रको श्रीबृद्धीको लागि २ लाख नगद राशिको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् ।

अावाज विहिन,बहिरा साहित्यक सृजना तथा साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तिलाई प्राेत्साहन गर्ने उदेश्य राखी स्याङ्जामा अामा मान कुमारी श्रेष्ठका नाममा अक्षकाेष स्थापना गर्ने घाेषणा गरि रू.200000/-काे चेक साेही समारोहमा कृर्तिकार कल्पना र उनका श्रीमान लक्ष्मी राज श्रेष्ठले संयुक्त रूपमा साहित्यकार श्री गंगा पाैडेललाई हस्तान्तरण समेत गरे ।  सञ्जीवनी उपन्यासबाट प्राप्त रोयल्टी पनि यसै अक्षयकोषमा समावेश हुनेछ ।

कल्पपुञ्जले सो रहमको चेक साहित्यकार गङ्गा पौडेल लाई हस्तान्तरण गरेकी छन् ।
यस अघि यिनका अनि अनिश्चित यात्राका हरफहरु ९कविता सग्रह० २०६०, अन्यत्हीन जीवन (खण्डकाब्य) २०६१, कल्पपुञ्ज (गजल एल्बम) २०६८, ए १ फूलका मालीहरु (गजल सगङ्ह) २०६९, हालः सञ्जीवनी (उपन्यास) २०७४, प्रकाशित छन् ।नेपाली महिला साहित्यिक संस्था गुञ्जनको आजीवन सदस्य समेत रहेकी कल्पपुञ्ज अध्ययन र जागिरकै क्रममा स्याङ्जाको साहित्यिक गतिविधिमा संम्लग्नता राख्नु हुने कल्पना २०५९–०६० तिर सृजना बिसौनि साहित्यिक संस्थाको संस्थापक अध्यक्षको रुपमा कार्यरत रही मासिक साहित्यक वाचन तथा साहित्यिक इतिवृद्धिमा निरन्तर लागि परिरहने सर्जकमा पर्छिन् ।

स्याङ्जा साहित्यिक प्रतिष्ठानको सदस्य रहेर सृजनामा निरन्तर कलम चलाई रहेकी साहित्यकार कल्पपुञ्जको नेपालको पहिलो गणतन्त्र दिवसमा अधिराज्य व्यापि राष्ट्यि जागरण गीत प्रतियोगितामा “आउँ आउँ सबै मिलि हातेमालो गर्रौ,यो देशको पहिचानमा स्वर्णिम अक्षर भर्रौ” भन्ने बोलको गीतबाट समेत दोस्रो पुरस्कार बिजेता हुन् ।

कृषि बिकास बैंक भक्तपुरकी कर्मचारी कल्पना कल्पपुञ्जको उपन्यास समारोहमा बिभिन्न नयाँ तथा पुराना साहित्यकार, आवाज बिहिन ब्यक्तीहरु, संगीतकर्मी, बैंकर र सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू