अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव हुने

बिआरटीनेपाल २०७४ माघ २७ गते २०:१० मा प्रकाशित

बोस्टन,अमेरिका, ब्लड डोनर्स एसोसिएसन उत्तर अमेरिकाले यसवर्ष अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँगको सहकार्यमा आगामी मे २५ र २६ मा अमेरिकाको जर्जिया सहरमा हुने एसोसिएसनको सम्मेलनमा हुने साहित्यिक महोत्सवका अवसरमा उक्त प्रतियोगिता हुने भएको हो । साहित्यिक महोत्सवलाई सफलताका साथ सम्पन्न गर्नको लागि विभिन्न देशको प्रतिनिधि रहने गरी साहित्यकार महेश्वर पन्तको संयोजकत्वमा साहित्यिक महोत्सव आयोजक समिति गठन गरिएको छ । यसै गरी प्रतियोगितालाई सफल बनाउन साहित्यकार तथा अनेसासका केन्द्रीय महासचिव गोवर्धन पूजाको संयोजकत्वमा कविता प्रतियोगिता छनोट समिति गठन गरिएको छ |

महोत्सव ब्लड डोनर्स एसोसिएसनको दोस्रो महाधिवेशनको अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र नेपाल संयोजक गायक/सङ्गीतकार नरहरी प्रेमीको पनि आतिथ्यता रहने छ ।

महोत्सवमा आयोजना गरिने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने स्रष्टालाई तल उल्लिखित नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रथम पुरस्कार – भानुभक्त काव्य पुरस्कार, चारसय यु एस डलर र प्रमाण पत्र
दोस्रो पुरस्कार – मोतीराम काव्य पुरस्कार, दुईसय यु एस डलर र प्रमाण पत्र
तेस्रो पुरस्कार – देवकोटा काव्य पुरस्कार, एकसय यु एस डलर र प्रमाण पत्र

कविता प्रतियोगिताका नियमहरू :-
१. प्रतियोगीले कविता आफ्नो क्षेत्रको संयोजकको ई-मेल अथवा सिधै संयोजकको ई-मेलमा पठाउन सक्नु हुनेछ |
२. कविताको शब्द सीमा अधिकतम दुई सय (२००) तोकिएको छ | सो भन्दा बढी शब्दका कविता प्रतियोगितामा समावेश गरिने छैन |
३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गाली गलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने बिचार र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता कविताहरू स्वतः: अस्वीकृत हुनेछन् |

४. कविताको विषय बस्तु र कविताको स्वरूपको ( गध्य या छन्द ) बारेमा कविहरूलाई स्वतन्त्र छाडिएको छ |
५. अङ्ग्रेजी र नेपाल अधिराज्य भित्र बोलिने कुनै पनि जनजातिको भाषामा लेखिएको कविताले पनि प्रतियोगितामा प्रवेश पाउनेछन् तर त्यस्ता कविताको नेपाली रूपान्तर पनि साथमा संलग्न हुनु पर्नेछ |
६. कविता युनिकोड ,कान्तिपुर, प्रीति या मङ्गल फन्टमा मात्र पठाउनु पर्नेछ |
७. कविता नितान्त नयाँ र मौलिक हुनु पर्नेछ | कविले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनु पर्नेछ |
८. प्रतियोगिताको लागि प्राप्त कविता कुनै पनि साहित्यिक संजालहरुमा संप्रेषण भएको वा पत्रपत्रिकामा पूर्व प्रकाशित भएको पाइएमा स्वतः अस्वीकृत गरिने छ |
९. प्रतियोगिताको लागि प्राप्त कवितामा अरू कसैको कविताको अंश या नक्कल गरिएको पाइएमा स्वतः: अस्वीकृत हुनेछ |
१०. प्रतियोगी कविता आउँदो मई महिनाको १० तारेखसम्ममा दिइएको ठेगानामा प्राप्त भई सक्नुपर्ने छ | र वाचन गर्ने चाहनेले मे २५ शुक्रवार साँझ ७ बजे ह्यात होटेल एटलान्टामा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन सक्नु हुनेछ |
११. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आए अन्तिम निर्णय प्रमुख संयोजकको रहने छ |

अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०१८ आयोजक समितिको पूर्ण स्वरूप र सम्पर्क ठेगाना :
कार्यक्रम संयोजक- महेश्वर पन्त
nepalipoemcomp2018@gmail.com

प्रतियोगिता संयोजक – गोवर्धन पूजा
nepalipoemcomp2018@gmail.com

नेपाल संयोजक – छविरमण सिलवाल र नरहरी प्रेमी
nepalipoemcomp2018@gmail.com

इजराइल संयोजक – भगवती बस्नेत
bhagawati.basnet@yahoo.com

अस्ट्रेलिया संयोजक – गणेश घिमिरे
gkghimire@gmail.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू