अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड सम्पन्न: उत्कृष्ट गायक बने अजर जंगम

बिआरटीनेपाल २०७४ माघ २७ गते ५:२७ मा प्रकाशित

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड सम्पन्न भएको छ । आफ्नो २० औं बार्षिकोत्सवको उपलक्ष्यमा रेडियो कान्तिपुरले आयोजना गरेको रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड अवार्ड बितरण, स्रस्टा सम्मान लगायत बिबिध साँगितीक प्रस्तुती सहित शुक्रबार राजधानिको होटल सोल्टीमा सम्पन्न भएको हो ।

पहिलो पटक आयोजित अवार्ड समारोहमा उत्कृष्ट आधुनिक गायक तर्फको अवार्ड गायक अजर जंगमले प्राप्त गरेका छन् । गायक रामकृष्ण ढकाल, राजेशपायल राई, सत्य राज आचार्य र सुरज कुमार थापासंग प्रतिस्पर्धामा रहेका गायक जंगमले बिरेन्द्र पाठकको शब्द र हरी लम्सालको संगीतमा रहेको आज फेरी एकान्तमा बोलको गीतबाट उत्कृष्ट गायकको अवार्ड जीतेका हुन् ।

त्यस्तै उत्कृष्ट प्ले ब्याक सिंगर पुरुष तर्फको उपाधी गायक सुगम पोखरेलले पाएका छन् भने सोहि बिधाको महिला गायनमा मेलिना राई उत्कृष्ट ठहरिएकी छन् । सुगमले तिमी रोएको पल र मेलिनाले कुटुमा कुटु गीतबाट अवार्ड हात पारेका हुन् ।

उत्कृष्ट नव गायक गायिक, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक,उत्कृष्ट लोक दोहोरी गायक तथा गायिका, उत्कृष्ट पाश्र्व गायक र गायिका लगायतका १८ बिधामा प्रदान गरिएको ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’ लोक दोहोरी तर्फ गायक पशुपती शर्मा र गायिका मुना थापा मगरले अवार्ड जीतेका छन् ।

यो बर्षको अत्याधीक लोकप्रिय गीत सुन साईंलीले काली प्रसाद बास्कोटालाई उत्कृष्ट संगीतकारको अवार्ड जिताउँदा सोहि गीतबाट  हेमन्त रानाले पब्लिक च्वाईस तर्फको अवार्ड हात पारेका छन् ।

२०७३ साल साउन १ गतेदेखि २०७४ साल असार मसान्तसम्म सार्वजनिक भएका गीत तथा एल्बमका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिएको समारोहमा उत्कृष्ट ३ बिज्ञापन एजेन्सीलाई पनि पुरस्कृत गरिएको थियो ।

अवार्ड समारोहमा नयाँ तथा पुराना संगीतकर्मी र चलचित्रकर्मीका साथै रेडियोले आयोजना गरेको अवार्ड भएकाले बाक्लो संख्यामा संचारकर्मीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू