अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

बरिष्ठ गायिक ज्ञानु राणाले आमा पनि गुमाईन्

बिआरटीनेपाल २०७४ माघ २२ गते ८:०५ मा प्रकाशित

बरिष्ठ गायिक ज्ञानु राणालाई मातृशोक परेको छ । च्ङवा ओ च्याङबा, शिरिमा शिरि नि कान्छा, सल्लाई हो जोवान कल्लाई हो, मान्छेको माया यहाँ जस्ता सयौं कर्णप्रिय गीतकी गायिक ज्ञानु राणाकी आमा सावित्री थापाको सोमबार ९१ वर्षको उमेरमा ग्राण्डी अस्पताल टोखामा निधन भएको हो ।

हरियो डाँडामाथी हलो जोत्ने साथी, साँईली रिमाई चौंरी गाई, आज मादल बजेको किन ,धुरु धुरु नरोउ आमा लगायतका गायक जनकविकेशरी स्व. धर्मराज थापाकी छोरी ज्ञानु राणाकी आमा साबित्री धर्मराज–सावित्री प्रतिष्ठानकी संरक्षिका समेत हुन् ।

विसं १९८३ मा कपिलवस्तुमा जन्मेकी सावित्री थापाले जनकविकेशरी धर्मराज थापासंग वैवाहिक सम्बन्धमा बाधिएपछि जीवनको लामो कालखण्ड बाटुलेचौर पोखरामा बिताएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू