अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

कतिखेर गललल्ल हाँसोको फोहोरा त कतिखेर स्तब्धता

वाशिङटन डिसी साहित्यिक सङ्गम

बिआरटीनेपाल २०७४ माघ १५ गते १९:५३ मा प्रकाशित

न भाषण, न बोलाएको बोलाई गरिने अतिथिका आसन । बाहिर जाडो थियो, सिमसिमे पानी परिरहेको थियो, भित्र कवयित्री, कविहरू पलेटी मारेर बसेका छन्, भित्र भिडभाडको कारण पसिना पनि छुटिरहेकोछ, यत्तिकैमा कतिखेर गलल्ल हाँसोको फोहोरा छुट्छ त कतिखेर स्तब्धता छाउँछ । यस्तैमा कवि कवयित्री कलाकारहरू सबै पालैपालो कविता, गजल, गीत, मुक्तक लगायत आ-आफ्ना कोसेली पस्किँदै गए चार घण्टा बितेको पत्तै भएन । जब सबै कार्यक्रम सकियो फेरि मादल घन्किन थाल्यो, सबै नाच्न र गाउन थाले । अन्तत करिब ५ घण्टा पछि
कार्यक्रम सकियो र सबै आ-आफ्ना बाटो लागे ।

यो शाब्दिक चित्र हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा वाशिङटन डी.सी.मा हरेक महिना आयोजना गरिने “वाशिङटन डिसी साहित्यिक सङ्गम” को जनवरी श्रीँखलाको । प्रमुख अतिथि बनाइए – अग्रज हास्य कलाकार एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय कलाकार मँचका केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले कार्यक्रमले कविता वाचन गरेर कार्यक्रम आरम्भ गरे । पुष्पा घिमिरे, बिमला निरौला, कमला खरेलले स्वागत गान गाए । अनि कविता, गीत, मुक्तक, गजलको लहर चल्यो ।

भुपनारायण घर्तिमगर, निलकण्ठ सुबेदी, रामशरण हुमागाई, पुरूषोतम सुबेदी, अरुण भट्टराई, नीरा शर्मा, कल्पना सुबेदी, गोमा न्यौपाने, दीपा अधिकारी, बिना घर्तिमगर, सुस्मा खनाल, एकता पौडेल, बिमला निरौला, मोहन निरौला, पुष्पा घिमिरे, गुणराज लुईटेल, सुनीलमणी दाहाल, तारा न्यौपाने, कृष्ण धराबासी, शिवहरी पौडेल, सकुन्तला अधिकारी, रजनी श्रेष्ठ, कमला खरेल, प्रकाश नेपाल, मुकुन्द कोइराला, डा.विष्णु घिमिरे, रबिन्द्र श्रेष्ठ, रामप्रसाद खनाल, मन कुमारी थापा लगायत आदिले आ आफ्ना रचना वाचन गर्नुभयो । अग्रज हास्य कलाकार एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च नेपाल शाखाका अध्यक्ष शिवहरी पौडेलले कवितामा पनि हँसाउनुभयो र हाँस्यब्यङगमा बाँकी रहने कुरै भएन । कार्यक्रम निकै रमाइलोका साथ सम्पन्न भयो जसमा वाशिङटन डिसी मेट्रो एरियामा बस्ने थुप्रैको उपस्थिति थियो ।

नेपाल फर्किने तयारीमा रहेका कलाकार शिवहरी पौडेललाई कार्यक्रमको अन्त्यमा उपस्थित सबैले बिदाइ पनि गरेका थिए । महा-सचिव भुप नारायण घर्ति मगर र अध्यक्ष राम प्रसाद खनालले पौडेललाई खादा सम्मान सहित बिदाइ गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू