अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

‘हिट्स FM म्यूजिक अवार्ड : शिव परियार र बानिका प्रधान बने सर्बोकृष्ट गायक गायिका

बिआरटीनेपाल २०७४ माघ १३ गते २:०३ मा प्रकाशित

‘हिट्स एफएम म्यूजिक अवार्ड’ सम्पन्न भएको छ । २१ औं संस्करण अन्तरगतको यस पटकको ‘हिट्स एफएम म्यूजिक अवार्डमा सुगम संगीत तर्फ गायक शिव परिवारले उत्कृष्ट गायनको अवार्ड हात पारेका छन् भने यसै बिधाको उत्कृष्ट गायन महिलाको अवार्ड गायिका बानिका प्रदानले प्राप्त गरेकी छन् ।

सुगम संगीत तर्फकै सर्बोकृष्ट संगीतकार तर्फ हरी लम्साललाई अवार्ड प्रदान गरिएको छ भने लोकगीत तर्फ भने सर्बोकृष्ट गायकको अवार्ड बिरही कार्कीले प्राप्त गरेका छन् ।

हेमन्त रानाको साईंली गीत सर्वोत्कृष्ट गीतको अवार्ड प्राप्त गर्दा साईंली गीतका संगीत संयोजक रिकेश गुरुङले पनि यहि गीतबाट अवार्ड प्राप्त गरेका छन् भने पप रक संगीत सिर्जना बिधामा पनि सोही गीतबाट कालीप्रसाद बास्कोटाले अवार्ड हात पारे ।

त्यस्तै सर्वोत्कृष्ट गीत रचना र सर्वोत्कृष्ट महिला गायन पपको अवार्ड बर्तिका इएम राईले हात पारेकी छन् भने 1974AD को गीती संग्रह ‘हजार सपना’ले पनि अवार्ड प्राप्त गरेको छ ।

युगल गायन विधामा पुरस्कृत उदय- मनिला सोताङ र मा सर्वोत्कृष्ट चलचित्र गीत ठमेल बजारले अवार्ड जीतेको समारोहमा गायक अजर जंगम, सांगीतिक समूह ‘पहेंलो बत्तीमुनि’ आफ्नो सांगीतिक प्रस्तुति ‘बरिलै’का सांगितीक समुह सत्याकृत, गायिका तृष्णा गुरुङ लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा लामो समय योगदान पुर्याउने ब्यक्तीलाई प्रदान गरिदैं आएको लाइफटाइम एचिभमेण्ट अवार्ड यो बर्ष गायक दिप श्रेष्ठ सम्मानित भएका छन् । गत साल ‘हिट्स एफएम परिवारले यो अवार्डबाट गीतकार राजेन्द्र् थापालाई सम्मानित गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू