अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

सुबिसु क्यान इन्फोटेक- २०१८ मा अफरको बहार, अवलोकनकर्ताको घुईंचो

बिआरटीनेपाल २०७४ माघ १२ गते ६:०५ मा प्रकाशित

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा बिहीबारदेखि सञ्चालन भएको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’ मा व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहारलगायत विभिन्न अफर र योजना सार्वजनिक गरेका छन् ।

क्यान इन्फोटेक अवधिभर ल्याइएको यस्ता अफरमा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकको पहिलो दिन बिहिबार ३२ हजार एक सय ८१ जनाले अवलोकन गरेकोमा दोश्रो दिन आज ४२ हजार ८ सय २६ जनाले अवलोकन गरेका छन् ।

विशेष गरी इन्टरनेट सेवा प्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप\कम्प्युटर एवं कम्प्युटर एसेसोरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज र ट्रेनिङ इन्स्टिच्युटहरुको स्टलमा अवलोकनकर्ताको घुईंचो लागेको छ ।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा भएको यस ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ मोटोरोला’को शीर्ष प्रायोजक सुबिसु केबलनेटले प्रदर्शनीमा ल्याएको इन्टरनेट र क्लियर टिभीको कोम्बो अफरमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । सुबिसुको कोम्बो अफरअन्तर्गत उपभोक्ताले दुई अहिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन् । साथै १५ एमबपीएसको इन्टरनेट बिहान एक बजे बाट साँझ पाँच बजे सम्म जम्मा सोर्ह घण्टा अनलिमिटेड उपभोग गर्न सक्नेछन् । साथमा क्लियर टिभीअन्तर्गत २ सयभन्दा धेरै डिजिटल च्यानल रहनेछन्, जहाँ ५० एचडी च्यानेल पनि रहेको छ । यो अफरको मूल्य मात्र ५ हजार ९ सय ९९ रुपियाँ रहेको छ ।

इन्फोटेकको सहशीर्ष प्रायोजक कम्पनी मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस फोन गेमिङ्ग रुचाउने प्रयोगकर्ताका लागि उपयोगी छ । यस फोनमा छुटसहित विभिन्न उपहारहरु खरिदकर्ताले पाएका छन् । प्लाटिनम स्पोन्सर वल्र्डलिंकले आइपी टिभी र ब्रोडब्यान्ड इन्टरनेटलाई लक्षित गरी कोम्बो अफर सार्वजनिक गरेको छ । मेलामा टिपी लिंकले १० हजार स्क्वायर फिटसम्म वायरलेस रेन्ज रहेको टीएल–डब्लुटीए ८५० आरई मोडलको राउटरलाई आकर्षक छुटसहित प्रदर्शनी गरिरहेको छ ।

त्यसैगरी हुवावेले ल्याएको मेटबुक एक्स मोडलको हाइएन्ड ल्यापटपमा अवलोकतकर्ताको घुइचो लागेको छ । यसको मूल्य मूल्य १ लाख ५० हजार देखि ७० हजारको को हाराहारीमा रहेको कम्पनीले बताएको छ । त्यस्तै साओमी मोबाइलको पछिल्लो चर्चित मोडल रेडमी नोट ५ए प्राइममा क्यान अफरस्वरुप छुट र विभिन्न उपहारहरु राखिएको छ ।

यसैगरी मेलाकै अवसरमा टेक्नोसका नयाँ टिभीहरुमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । मेलाको अफिसियल बैंक सनराइज बैंकले मेलाअवधिभर बैंक खाता खोल्दा ४०० प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ । मेलाकै अवसर पारेर हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको छ । साथै हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुटसहित नेपाली ग्राहकका प्रदर्शनी गरिएको छ ।

मेलामा मेरो टिभीले लाइकमा बाइक अफर ल्याएको छ, जसअन्तर्गत मेरो टिभी मोबाइल एप डाउनलोड गरेका प्रयोगकर्तामध्ये एकले होन्डा बाइक जित्न सक्नेछन् । एन्टिभाइरसअन्तर्गत ई सेट एन्टिभाइरसमा प्रयोगकर्ताले २० देखि ५० प्रतिशत सम्मको छुट तथा मास्क,कप र १६ जीवि सम्मको युएसबि ड्राइभ समेत प्राप्त गर्न सक्नेछन् । त्यस्तै कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्मको छुटका साथमा एक हजार रुपियाँ पर्ने ल्यापटप ब्याग निःशुल्क दिइएको छ । त्यस्तै ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ सय देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिइएको छ । त्यस्तै डिटिसी मोबाइल खरिदमा २५ सय एमएएचको पावरबैंक निःशुल्क दिइएको छ ।

मोबाइल वालेट खल्तीले आफ्नो पहिलो वार्षिकोत्सवमा अवसरमा ‘रिफर एन्ड अर्न’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ भने भिसा कार्डबाट पनि खल्तीमा पैसा लोड गर्न मिल्ने सुविधा ल्याएको छ । त्यस्तै मेलामा फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेसिन, राउटर, सिसिटिभी लगायत सामग्री विशेष अफरसहित उपलब्ध छन् ।
यस्तै दृस्टिविहीनका लागि उपयोगी सफ्टवेयर, रोबोटिक्स एशोसिएसनले बनाएको थ्रिडी प्रिन्टिङ, जिपिएस ट्रयाकिङ सिस्टमका साथमा विश्वविद्यालय र आइटी कलेजका विद्यार्थीले बनाएका प्रोजेक्टहरुमा अवलोकनकर्ताको चासो बढेको छ ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स पेमेन्ट सोलुसन्स् लगायत गरी २ सय २२ स्टल रहेका छन् ।

साथै यस संस्करणको इन्फोटेकमा सफ्टवेयर कम्पनी, स्टार्टअप र सूचना प्रविधिका विद्यार्थीको प्रोजेक्टहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले छुट्टै सफ्टवेयर प्याभिलियन निर्माण गरिएको छ । सफ्टवेयर प्याभिलियनका लागि ४४ स्टल रहेका छन् । वटा स्टल बिशेष सहुलियतमा उपलब्ध गरिएको छ ।

इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु. एक सय र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । माघ १४ गते आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा घोषणा गरिएको छ । उक्त दिन बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा बिजनेश डिल गर्न सकनुहुनेछ । आयोजकले सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाइन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरेको छ ।
मेला माघ १६ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू