अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

साउनबाट नेपाली चलचित्र क्षेत्रमा पनि ‘बक्स अफिस’ लागू हुने

बिआरटीनेपाल २०७४ माघ १२ गते ५:२३ मा प्रकाशित

अन्ततः नेपाली चलचित्र क्षेत्रमा पनि बक्स अफिस लागू हुने भएको छ । लामो समयदेखी नेपाली चलचित्र क्षेत्रमा बक्स अफिस सञ्चालनमा ल्याउनुपर्छ भन्ने चर्चा चलेता पनि अहिलेसम्म औपचारिक रुपमा कुरा अगाडि बढेको थिएन तर अबभने यो कुराले पुर्णता पाउने भएको छ ।

बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितीका संयोजक नरेन्द्र महर्जनको अध्यक्षतामा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात वर्ष २०७५ को तेस्रो महिनाबाट नेपालमा बक्स अफिस लागू गर्ने निर्णय गरेको हो ।

बैशाख १ गतेबाट परिक्षण गर्ने र साउन १ गतेबाट राजधानी भित्र र माघ १ गतेबाट राजधानी बाहिर बक्स अफिस लागू गरिने बोर्ड सदस्य महर्जनले जानकारी दिए । बैठकले बक्स अफिस जडान गर्ने कम्पनी  ‘व्रेन डिजिट इट सोलुशन’ लाई आवश्यक पर्ने हार्डवेयरका सामान तथा इन्टरनेट सेवा वर्ष २०७४ चैत मसान्त भित्र जडान गर्न निर्देशन पनि दिएको छ । बक्स अफिस लागू हुँदा देशभरिको कारोबार एकै ठाउँमा आउँछ ।

बक्स अफिस कार्यान्वयन समितीको सदस्यहरुमा प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् । केही वर्ष अघिदेखि बक्स अफिस लागू गर्नका लागि माग बढे पनि कार्यान्वयन हुन सकेको थिएन ।

प्रतिक्रिया