बुधबार उपत्यका लगायत देशका बिभिन्न ठाउँमा परेको झरीले चिसो बढेसंगै उपत्यकाको पश्चिमी भेगमा अवस्थित चन्द्रागिरीमा पनि हिउँ परेको छ । चन्द्रगिरीमा हिउँ परेपछि उपत्यका आसपासका युवामा हिउँ खेल्न जाने उत्साह थपिएपनि बर्सातका कारण अप्ठ्यारो पनि संगै थपिएको छ र पनि आज हिउँ खेल्न केहि युवाहरु चन्द्रागिरी पुगेका छन् ।
ऐतिहासिक महत्व बोकेको चन्द्रागिरी बाटै पृथ्वीनारायण शाहले नेपाल एकीकरणको योजना बनाएको ठाउँ हो ।
पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट गोरखा र्फकँदा चन्द्रागिरि हुँदै फर्किएका र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरिएको उनको उपदेशमा उल्लेख गरिएको छ ।
पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर अध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास छ ।
https://www.facebook.com/abhishek.b.shah/videos/10155941015185833/
https://www.facebook.com/abhishek.b.shah/videos/10155941015190833/