अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०४ | Colorodo: 22:19

उत्तर अमेरिकी राज्य अलास्कामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

खतरनाक तथा विशाल सुनामीको चेतावनी

बिआरटीनेपाल २०७४ माघ ९ गते ६:४२ मा प्रकाशित

उत्तर अमेरिकी राज्य अलास्कामा मङ्गलबार ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अलास्काको कोडियक क्षेत्रबाट ३०० किलोमिटर दक्षिणपूर्वमा सामुद्रिक सतहबाट करिब १० किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको यो भुकम्पपछि प्रभावित क्षेत्रमा खतरनाक तथा विशाल सुनामीका छाल आउने बताएको छ ।

अमेरिकी भौगर्विक विभाग ९यूएसजिएस०ले भूकम्पका कारण सुनामी आउनसक्ने बताउँदै अमेरिकाको पश्चिमी सामुद्रिक क्षेत्र तथा हवाइ क्षेत्रका सुनामीको सम्भावित प्रभावबाट जोगिन नागरिकलाई विशेष साबधानी अपनाउन भनेको छ भने उक्त क्षेत्रका नागरिकलाई जमिनका अग्ला सतहमा गई शरण लिन निर्देशनसमेत गरिएको छ ।

भूकम्पका कारण भएका क्षतिको विवरण भने समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू