अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

आइएमईका व्यवसायीक साझेदार युएई भ्रमणमा

बिआरटीनेपाल २०७४ माघ ९ गते ६:२१ मा प्रकाशित

आइएमईका व्यवसायीक साझेदारहरुले युएई भ्रमण गरेका छन् ।  गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दश दिवसीय भ्रमण गराएको हो ।

बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा बर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समुहबाट एक\एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो ।

त्यस्तै गत मंसिरमा आफ्ना दश जना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३\७४ मा दिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६० आइएमई सेन्टर सहित सातै वटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू