अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

‘लिटिल स्टार अफ दि इयर’को उपाधी वेविसा र बिपासनालाई

बिआरटीनेपाल २०७४ माघ ९ गते २:१२ मा प्रकाशित

‘लिटिल स्टार अफ दि इयर १०१८’को उपाधि वेविसा भण्डारी र बिपासना थापाले चुम्न सफल भए । काष्ठमण्डब स्कुलकी वेविसाले (ग्रुप–ए) र एनआइसी एमेडेमीमा अध्यायनरत बिपासना (ग्रुप–बि) तर्फको बिजेता बन्न सफल भएका हुन् ।

दुबै बिजेताले १० हजार नगद, ब्लुक्रस अस्पतालको तर्फबाट १ बर्ष निशुल्क स्वास्थ चेकअपका साथै बिभिन्न गिफ्ट ह्याम्पर समेत जितेका छन् ।

७० बालबालिकाले अन्तिम स्पर्धा गरेको प्रतियोगीतामा आयोजकले ५ देखि ९ बर्षसम्मका बालबालिकालाई ग्रुफ (ए) र १० बर्ष देखि १२ बर्षसम्मको बालबालिकालाई ग्रुप (बि) गरेर बिभाजन गरेको थियो ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप (ए) तर्फ बिस्वाश शर्मा फष्टरनर अफ, असियाना श्रेष्ठ सेकेण्ड रनरअफ, आलिया पन्त थर्ड रनरअफ र दिया भट्ट फोर्थ रनरअफ चुनिदा ग्रुप (बि) तर्फ क्रमश सानमी वस्ती, दिब्यम्यास खड्का, दृष्टा सिंह, समिरा श्रेष्ठ, रिजिस्मा बोगटी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफ घोषित भए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिस्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले प्रतियोगीता गतबर्षबाट थालिएको आयोजना गरिएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, जीवन गिरी लगायतको बिभिन्न प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए ।

अभिनेता धिरन शाक्य, जोत्सना योगी, नरेन खड्का, हिमानी सुब्बा खड्का, अक्षयजंग रायमाझी, असिम शाह, एसआर गहतराज, गीता पुरी लगायत अन्तिम स्पर्धामा निर्णायक रहेका थिए । कार्यक्रमको कोडिनेटर जीवन गिरी हुन् ।

प्रतिक्रिया