अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक’को उपाधी प्रशान्त जङ्ग कार्कीलाई

बिआरटीनेपाल २०७४ माघ ७ गते ५:१२ मा प्रकाशित

शनिबार  सम्पन्न डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले वाजी मारेका छन् । १५० देखि २५० सिसी सम्मका डर्ट बाइक कुदाइएको प्रतियोगीतामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कील ‘मोटो ट्रयाक २०७४’को उपाधी प्राप्त गरेका हुन् ।

त्यसैगरी विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भए । त्यसैगरी प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्की, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङ र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले पाएका छन् ।

मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एसोसिएसनको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको सो प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई आदि नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता थियो । प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो ।

प्रतियोगिताको मूख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको थियो । त्यसैगरी बाइकर्स नेपाल प्रायोजक तथा बीएसई कायो, क्लासिक ह्विल इम्पोर्ट एक्सपोर्ट र सत्यदीप इन्टरनेसनल यसको सह–प्रायोजक रहेका थिए । प्रतियोगितामा रेडबुल तथा क्यास्ट्रोल लुब्रिकेन्ट समेत पार्टनरको रुपमा रहेका थिए ।

उक्त रेस प्रतियोगितालाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) तथा नेपाल मोटरसाइकल फेडरेसनको समेत सहयोग रहेको थियो ।विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा विभिन्न बाइक कम्पनी तथा एसेसरिजहरुको स्टल समेत राखिएको थियो ।

ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू