अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

नेपाली बालबालिकाका लागि ‘मिल सिकाईको’ को जापानी बालकथा

बिआरटीनेपाल २०७४ माघ ७ गते ०:४८ मा प्रकाशित

जापानी बालबालिकामाझ प्रिय रहेको ‘मेच्या बिरालो’ सचित्र बालकथा श्रृंखला नेपाली बालबालिकामाझ पनि आइपुगेको छ । शनिबार सो कथा श्रृंखलाअन्तर्गत ‘वनभोज’ नामक सचित्र बालपुस्तक विमोचन भएको छ ।

जापानी बालकथाकार तथा चित्रकार मिल सिकाईको सो सचित्र बालपुस्तकलाई कृष्ण कुम्पुरेले नेपालीमा अनुवाद गरेका हुन् । नेपाली कभर तथा फन्ट डिजाइन आनन्द महर्जनको रहेको सो पुस्तक थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल), आसितेज नेपाल र थिएटर मलको संयोजनमा नेपाल जापान बाल पुस्तकालयमा औपचारिक रुपमा विमोचन गरी ‘मेच्या बिरालो’को कथा पुस्तक नेपाल ल्याइएको हो ।

नेपाली बालसाहित्यका पिताका वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर, वरिष्ठ चित्रकार के.के. कर्माचार्य, बालसाहित्यकार शास्वत पराजुली, अनुवादक कृष्ण कुम्पुरे र आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणाले संयुक्त रुपमा पुस्तक विमाचन गरेका थिए ।

विमोचनसंगै साहित्यकार पराजुलीले नेपाली बालबालिका मेच्या बिरालाकको कथाहरुरमाइलो कथामा रमाउने बताउ“दै कथा र चित्रको परिवेश, शिल्प र शैलीबारे समिक्षा गरेका थिए । त्यस्तै शान्तदास मानन्धरले सहभागी बालसाहित्यकार र अभिभावकमाझ जापानी बालकथाको नेपाली समाजमा सान्दर्भिकताबारे केलाउ“दै ‘जापानी समाजबाट सिक्नुपर्ने थुप्रै कुराहरु रहेको’ बताउनुभयो ।

अनुवादक कुम्पुरेले जापानी परिवेश र भाषाको पुस्तकलाई नेपाली परिवेश र लवजमा ल्याउन मुस्किल भएको अनुभव सुनाउ“दै भावनुवाद गरेर मिठासपूर्ण बनाउने प्रयत्न गरिएको उल्लेख गरे ।

लेखिका साकाईले नेपाली बालबालिकाका लागि ‘मेच्या बुक फर स्माइल’ अभियानसहित सहरी तथा ग्रामिण दुवै क्षेत्रका बालबालिकाका लागि यो सचित्र बालपुस्तक श्रृंखला तयार पारेका हुन् । नेपाली भाषामा निकालिएको पुस्तकको चित्रहरुमा साकाईले नेपालीपन दिने प्रयास गरेका छन् ।

थिएटर मलका इलिना नकर्मीले धादिङको ग्रामिण विद्यालयमा पुस्तकालय स्थापना गर्न लागेका युवाहरुलाई पुस्तक हस्तान्तरण गरेर वितरण सुरु गरिएको छ । सो पुस्तक नेपाली बालबालिकालाई निःशुल्क वितरण गरिने नेपाली बाल रंगमञ्चमा सक्रिय संस्था टिसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठले जनाएका छन् ।

यसअघि पनि सो कथा श्रृंखलाको ‘नमस्ते’ र ‘चिट्ठी’ गरी दुई सचित्र बालपुस्तक नेपाली बालबालिकाका लागि प्रकाशित भइसकेको छ । ‘मेच्या बिरालो’को कथा श्रृंखला विभिन्न ग्रामिण पुस्तकालय तथा विद्यालयमा पु¥याइने संयोजक संस्थाहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू