अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

वोस्टनमा सरस्वती पूजा सम्पन्न

बिआरटीनेपाल २०७४ माघ ६ गते २२:३५ मा प्रकाशित

वोस्टन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपाली भाषा र साहित्यको योगदानमा वोस्टनको योगदान उच्च रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वोस्टन च्याप्टर र हिमालयन हेरिटेज कल्चरल एकेडेमीको संयुक्त आयोजनामा वोस्टनमा शनिवार सम्पन्न सरस्वती पूजा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विश्वकर्माले भाषा, साहित्य र संस्कृति बचे मात्र हामी नेपाली बाँच्छौ भन्दै यसका लागि सबै नेपालीले आआफ्नो स्थानबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा गैर आवासीय नेपाली सङ्घकी केन्द्रीय सदस्य तृष्णा शर्माले एनआरएनले नेपालीहरूलाई सहयोग गर्नका लागि हेल्प डेस्क स्थापना गरिसकेको जानकारी दिँदै साहित्य र भाषाको समृद्धिका लागि पनि एनआरएनले प्रयास गरिरहेको बताउनुभयो ।

सो अवसरमा बालबालिकाहरू स्वयम् पोखरेल, अनुभव थपलिया, सिमरन पौडेल, र प्रणव फुयाँलले हारमोनियम, मादल, गीत र सारगीको धुन सुनाएका थिए ।

च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा एकेडेमीका अध्यक्ष सुरेश वाग्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सुरु हुनु अघि सरस्वतीको मूर्तीमा फुल तथा अबिर अर्पण गरिएको थियो ।

यसैबिच आजै न्यूह्याम्पसायर च्याप्टरले पनि सरस्वती पूजाको कार्यक्रम आयोजाना सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाहरुबीच नृत्य, गायन र सङ्गीत प्रतियोगिता आयोजना गरिएको थियो । विजयीहरूलाई अध्यक्ष विश्वकर्माले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू