अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 06:17

बरिष्ठ चलचित्रकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने

बिआरटीनेपाल २०७४ माघ २ गते ३:०८ मा प्रकाशित

बरिष्ठ चलचित्रकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण हुने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारणसभाबाट पौड्यालको प्रतिमा निर्माणको प्रस्ताव सर्वसम्वतरुपमा पारित भएको हो ।

नेपाल सरकारबाट विशिष्ट चलचित्रकर्मीद्धारा बिभुषित उद्धव पौड्याल एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली चलचित्र निर्माण, प्रदर्शन र वितरणसंगै संचार क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको प्रेक्षलय परिसरका पौड्यालको प्रतिमा निर्माण हुनेछ । नेपाल सरकार मातहतको नेपाल चलचित्र विकास बोर्ड स्थापनामा पौड्यालको महत्वपुर्ण भुमिका रहेको छ । गोपीकृष्ण मुभिज, टि.भि.फिल्मी र रेडियो फिल्मी मार्फत चलचित्र क्षेत्रको श्रीबृद्धका उद्धव पौड्याल अनवरत रुपमा सक्रिय छन् ।

अध्यक्ष, उज्वल पौडेलका अनुसार एनएफडिसीले आफ्ना व्यवसायिक रणनिती परिमार्जित गरेको छ । जस अनुरुप हाल एनएफडिसीमा चलचित्र छायांकनका लागि ठूलो स्टुडियो, ग्राफिस र भिएफेक्सका लागि छुट्टै स्टुडियो निर्माण गरेको छ । ३ वटा रेड क्यामेरा सहति पोष्ट प्रोड्क्सनका सम्पुर्णका अहिले बालाजु स्थीति एनएफडिसीमा भइरहेको छ ।

प्रतिक्रिया