अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

कवि सुदीपभद्र खनालको भुईँ फुलको गीतको चर्चा तथा छन्द कविता वाचन सम्पन्न

बिआरटीनेपाल २०७४ पुष ३० गते १०:०० मा प्रकाशित

वासिङ्टन डिसी, छन्द कविताका चर्चित हस्ताक्षर सुदीपभद्र खनालको पछिल्लो कृति भुईँ फुलको गीत कविता सङ्ग्रहको चर्चा तथा उनका छन्द कविताहरूको वाचन कार्यक्रम अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भयो । उक्त कृतिले हालै शिव लामिछाने अनेसास सर्वोत्कृष्ट छन्द कविता पुरस्कार प्राप्त गरेको थियो ।

अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले कार्यक्रमको सुरुमा स्वागत गर्दै कवि सुदीपको नेपालदेखि अमेरिकासम्मको काव्य यात्राको चर्चा गर्नु भएको थियो ।
तत्पश्चात् प्रमुख अतिथि साहित्यकार हरि अधिकारीले खादा लगाएर सम्मान गर्नु भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुवेदी तथा साहित्यकार कृष्ण धरावासीले कवि सुदीपका कविताका विविध पक्षबारे मन्तव्य राख्नु भएको थियो ।

कवि सुदीपभद्र खनालले आफ्नो छोटो मन्तव्यसहित पुस्तकमा भएका केही छन्द कविताहरूको वाचन गर्नु भयो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै साहित्यकार हरि अधिकारीले कवि सुदीपका रचनामा छन्दको प्रयोग उत्कृष्ट ढङ्गले भएको तर विषयवस्तुमा नवीनताको आवश्यकता भएको औँल्याउनु भयो ।

कार्यक्रमको सञ्चालन मीठो स्वर र वाचन कलामा निपुण परशुराम तिमिल्सिनाले कवि सुदीपका कविताका विभिन्न अँशहरुका साथ अत्यन्त रोचक ढङ्गले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू