अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

सुरेन्द्र महर्जनको १६ औं कृति गीति एल्बम ‘अमर-२’ सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष २९ गते ८:५४ मा प्रकाशित

संसारमा गीत, संगीत मन नपराउने सायद कोही मात्र होला । दु:खमा, सुखमा अनि देश भक्ती होस्  या भगवानको जप, तप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर  एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी भनेकै गीत हो ।

राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं  साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६  औं कृति  “अमर-२”  गीति एल्बम गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाबाट सार्वजनिक भएको छ । अमर-२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ ।

सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन “अमर” कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जन कै स्वर रहेको गीतहरू म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दु:ख र सुख गीतहरू रहेका छन् । संगीतकार राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत “अमर-२” मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।

उक्त कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वर/संगीत रहेको
“हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी
    मनमा सजाएछु याद भन्नू प्यार मेरो जसरी”

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । संचारकर्मी तथा भिडियो निर्देशक सरोज श्रेष्ठको निर्देशनमा रक्षा आचार्य र निराजनको अभिनय रहेको छ । निर्देशकबाट चर्चित भिडियोहरू जस्तै वीर नेपाली, जे होला होला, निर्दोष यी, लेख्नै परे जस्ता तीन दर्जनभन्दा बढी भिडियोको निर्देशन गरि सक्नु भएको छ ।

कार्यक्रमको सभापतित्व ओएस नेपालका तर्फबाट विवेक कार्कीले गर्नु भएको थियोे । उहाँले तीन दशक भन्दा लामो समयदेखि साहित्य, गीत, संगीत र चित्रकारीतामा लागेको कारण कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मान स्वरुप ओ. एस म्युजिक अवार्ड लाईफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट सम्मानित गरेको र उहाँकै कृति प्रकाशित गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा  कवि, गीतकार तथा गायक दिनेश थानीले स्वागत मन्तव्य दिएको उक्त समारोहमा वरिष्ठ गीतकार चुडामणी देवकोटा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार राम कार्कीबाट एल्बमको बारेमा बोल्नु भएको थियो । भक्तपुर पत्रकार संधका अध्यक्ष एवं गीतकार पुष्करराज बुढाथोकी”साउँतेली” ले कार्यक्रम संचालन गरेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू