अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै

लक्यान लामाद्वारा अध्यक्षमा उमेद्वारीको घोषणा

बिआरटि नेपाल संवाददाता, न्यु योर्क २०७४ पुष २६ गते १६:३३ मा प्रकाशित

उत्तर अमेरिका तामाङ सम्मेलन आगामी आइतबार न्यु योर्कमा हुने भएको छ ।

पहिलो पटक हुन लागेको उक्त सम्मेलनमा लक्यान लामाले अध्यक्षको उमेद्वारीको घोषणा गरेका छन् । उनले मङ्गलवार साँझ कार्यक्रम आयोजना गरी आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

लामाले उमेद्वारीको घोषणा गर्दै ७ बुँदे प्रतिबद्धता र ४ बुँदे गुरुयोजना पनि सार्वजनिक गरे । उनका प्रतिबद्धतामा तामाङ कल्चर एण्ड बुद्धिस्ट सेन्टर ट्रस्टी बनाउने, भर्चुअल तामाङ अनलाइन स्कुल सञ्चालन गर्ने, युवा तथा विद्यार्थी मञ्च गठन गर्ने, डम्पूm साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्ने लगायतका छन् । त्यस्तै, उनको गुरुयोजनामा ग्लोबल तामाङ कन्फरेन्स गर्ने, अन्तर्राष्ट्रिय तामाङ एजुकेशन फण्ड स्थापना गर्ने, तामाङ प्रशासकिय भवन बनाउने र संयुक्त लगानीका लागि पहल गर्ने लगायतका छन् ।

कार्यक्रममा आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लुइसाङ तामाङले सम्मेलनका लागि शुभकामना दिए । छलफल र सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरे । भने, ‘अध्यक्षका प्रत्यासी साथीहरू बसेर छलफल गर्नुहोस् ।’ तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्तबाबु थोकरले पनि सम्मेलनबाट साझा घर बनाउन लागेको भन्दै अध्यक्षका प्रत्यासीहरुलाई मिलेर जान सुझाव दिए ।

समाजशास्त्रमा स्नात्तकोत्तर तामाङ नेपालमा समाज कल्याण परिषदमा सहायक निर्देशक थिए । विभिन्न सङ्घ संस्थामा काम गरेका तामाङ नर्थ अमेरिका तामाङ कन्फरेन्सको २५ सदस्यीय तदर्थ समितिका सचिव हुन् ।

सम्बन्धित सामग्रीहरू