अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

ब्राजाकीको स्वास्थ्य सुधारोन्मुख

बिआरटीनेपाल २०७४ पुष २१ गते ६:३५ मा प्रकाशित

मस्तिष्काघातबाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ ।

करिब तीन सातादेखि ललितपुरको पाटन अस्पतालमा उपचाररत ब्राजाकीको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरबाट सामान्य शय्यामा सारिएको साहित्यकार सुनिल पुरीले जानकारी दिनुभयो ।

साहित्यकार ब्राजाकीलाई सामान्य हिँडडुल गराइए पनि बोल्न सक्नुभएको छैन । उहाँलाई अहिले पनि स्लाइन दिइएको छ । प्रगतिवादी एवं जीवनवादी धारका उहाँका ‘अन्नपूर्णाको भोज’, ‘तिम्रा स्वास्नी र म’ र ‘अवमूल्यन’ कथासङ्ग्रहका साथै गजलसंग्रह तथा पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् । उहाँले‘कान्छी वेगमा’ शीर्षकमा उपन्यास लेख्दैहुनुहुन्छ । महोत्तरी स्थायी घर हुनुभएका ७६ वर्षीय ब्राजाकी हाल ललितपुर भैँसीपाटीमा बसोबास गर्दै आउनुभएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू