अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

साहित्यकार गोविन्द गिरी प्रेरणाको ‘गन्तव्य गणवहाल’को चर्चा नर्थ क्यारोलाइनामा

बिआरटीनेपाल २०७४ पुष २१ गते २:३३ मा प्रकाशित

नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको घर दैलो साहित्य कार्यक्रमको डिसेम्बर महिनाको कार्यक्रम ३० डिसेम्बरका दिन ईश्वर देवकोटाको निवासमा त्रैमासिक बुक क्लब पुस्तक छलफल, महिनाको साहित्यकारको चर्चा तथा रचना वाचनसहित सम्पन्न भयो ।

कार्यक्रमको पहिलो चरणमा त्रैमासिक बुक क्लब पुस्तक छलफलका लागि छानिएको कृति गोविन्द गिरी प्रेरणाको लामा कथाहरूको सङग्रह “गन्तव्य गणवहाल” माथि विषाद चर्चा भयो ।

कार्यक्रमको सुरुमा कार्यक्रमका आथित्यता प्रदान गर्नुहुने ईश्वर देवकोटाले स्वागत गर्दै कार्यक्रमको सुरुवात गर्नु भयो । त्यसपछि संस्थाका अध्यक्ष मनोज प्रधानले कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नु भएको थियो । त्यसपछि विक्रम गौतम र शिशिर खनालले “गन्तव्य गणवहाल” कृतिमाथि लिखित विचार प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रमका लागि भर्जिनियाबाट अतिथिको रूपमा आउनु भएका “गन्तव्य गणवहाल”का स्रष्टाले विभिन्न सहभागीहरूले राख्नु भएका जिज्ञासाहरूको उत्तर दिनुभएको थियो ।  त्यसरी जिज्ञासा राख्नुहुनेहरु तथा आफ्नो रचना वाचन गर्नुहुनेहरुमा ऋषि वस्ताकोटी, शिखर दुलाल, मनोज प्रधान, निलम कार्की निहारिका, नम्रता गुरागाईं, डा.वटा शर्मा, ददीन पाण्डे, डा.महेन्द्र न्यौपाने लगायत हुनुहुन्थ्यो । 

कार्यक्रमको दोस्रो चरणमा महिनाको स्रष्टा अन्तरगत कमल दीक्षितको विषयमा चर्चा गरियो । सो अवसरमा ईश्वर देवकोटाले कमल दीक्षितको जीवनलाई स्लाइड सो अन्तरगत प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा कमल दीक्षितका सुपुत्र कनक दीक्षितले फोनको माध्यमबाट आफ्नो विचार राख्नु भएको थियो ।

साँझ ५ बजेबाट राती १२ बजेसम्म चलेको कार्यक्रमको समापन रचनाबाचन सँगै भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू