अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

वाशिङटन डिसीमा कवीहरुको उल्लासमय प्रस्तुती

बिआरटि नेपाल सम्वाददाता-वाशिङटन डिसी २०७४ पुष १६ गते ३:२५ मा प्रकाशित

कविता, गजल, गीत, उखान टुक्का देखि हास्यब्यँग जस्ता साहित्यिक कार्यक्रमहरुको माध्यमबाट आफ्नो  सुखमय जीवनयापन तर्फ वाशिङटन डिसी मेट्रो क्षेत्रमाबसोबास गर्ने नेपाली भाषीहरु आकर्षित भएको पाईएको छ,यसै सिलशिलामा अमेरिकाको वाशिङटन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपाली कवी तथाकवीयत्रीहरुको एउटा ठुलो भेलाले बिबिध कविता, गजल, गीत, उखान टुक्का देखि हास्यब्यँगको बहार ल्याएका छन ।

 “वाशिङटन डिसी साहित्यिक सँगम” नामकबिशेष साहित्यिक कार्यक्रम आज डिसेम्वर ३०, शनिवारका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनास ), वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामाभर्जिनिया राज्यको मनासस शहरमा सम्पन भएको हो ।

डिसी मेट्रो क्षेत्रमा बसोवार गर्ने अस्सी जना भन्दा बढिको उल्लासमय सहभागिता रहेको उक्त कार्यक्रममा साहित्यमा रुची राख्ने युवाहरु, नयाँ सिकारु कवीहरु,वरिष्ट श्रष्टाहरु, कलाकारहरु, पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रममा बिशेष अथितीका रुपमा कलाकार सरोज खनालको उपस्थिती थियो भनेहास्यब्यँगकार शिवहरी पौडेलले आफ्नो हास्य कविता प्रस्तुत गरी उपस्थित सबैलाई मनोरन्जन प्रदान गर्नु भएको थियो ।

 त्यस्तै, कार्यक्रममा सस्थालाई योगदानपुर्याउने सबै स्थानीय कवी तथा समाजसेवीहरु लगायत सस्था  यूवा समुह को नेतृत्व गर्ने यूवाहरुलाई सम्मान गरीएको थियो ।

साहित्यमा रुची राख्नेहरुलाई वरिष्ट श्रष्टाहरुका साथ एउटै थलोमा निम्त्याएर सिक्ने र सिकाउने परम्पराको थालनी भएको अनासका महासचिव भुपनारायण घर्ति मगरले जानकारी गराए।

 साहित्यीक कार्यक्रममा देखाईएको रुची र छोटो समय मै प्राप्त भएको लोकप्रियतालाई आधार मानी अनासले मासिक रुपमा”वाशिङटन डिसी साहित्यिक सँगम” नामक बिशेष साहित्यिक कार्यक्रम शुरु गरीएको अनासका अध्यक्ष राम प्रसाद खनालले जानकारी दिए ।

आज सम्पन उक्त कार्यक्रममा तीस जना भन्दा बढी कवी र कवीयत्रीहरुले आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए । आज प्रस्तुत गरिएका र सम्पादक मण्डलले छानेका रचनाहरु केही समय भित्रै प्रकाशन हुन लागेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको “वाशिङटन डिसीका कवि र कविता” नामक पुस्तकमा प्रकाशन गरिने समेत अध्यक्ष राम प्रसाद खनालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू