अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२ | Colorodo: 10:57

राजधानिको सडक दुर्घटनामा कलाकार विना थापाको निधन

बिआरटीनेपाल २०७४ पुष १२ गते ८:१८ मा प्रकाशित

कलाकार विना थापाको सडक दुर्घटनामा परी निधन भएको छ । बुधबार दिउँसो काठमाण्डौको वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले उनले चलाएको बा ५५ प १३८७ नम्वरको स्कुटरमा ठक्कर दिँदा २७ वर्षीया विनाको ज्यान गएको हो । उनको गम्भीर घाईते भएपछि उपचारको क्रममा वीर अस्पतालमा पुर्याइए लगत्तै ज्यान गएको हो ।

विनाले दर्जनौं चर्चित म्युजीक भिडियोमा मोडलिङ गरेकी छिन् । साथै उनले चलचित्र ‘रामप्यारी’मा समेत अभिनय गरेकी छिन् । उनी अभिनित अर्को चलचित्र पनि आउँदैछ । विना गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील थिइन् ।

प्रतिक्रिया