अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

काँकडभिट्टा, (रासस) २०७४ पुष ११ गते ७:२८ मा प्रकाशित

नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आँफैले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा न्युक्लियर अनुसन्धान केन्द्रमा वैज्ञानिकका रूपमा भने काम गरेका छन् ।

ती परमाणु वैज्ञानिक हुन् मेचीनगर–१० धुलाबारीका २६ वर्षीय रोहित जैन । भारतका पहिलो परमाणु वैज्ञानिक भावाको नाममा मुम्बईमा स्थापित भावा परमाणु अनुसन्धान केन्द्रमा दुई वर्षदेखि कार्यरत नेपाली युवा वैज्ञानिक रोहित परमाणु विकीरण उत्पादन र प्रयोगको क्षेत्रमा मानव जनशक्तिको विकल्पमा अटोमेसन प्रविधि निर्माणमा कार्यरत छन् ।

“न्युक्लियर साइन्सको प्रयोग विभिन्न क्षेत्रमा गरिन्छ”, युवा वैज्ञानिक रोहितले भन्नुभयो, “परमाणु विकीरणको नकारात्मक प्रभावबाट मानव जातिलाई बचाउन उपलब्धिपूर्ण नयाँ काम गर्ने अवसर मिलेको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू