अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

आज साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती

बिआरटीनेपाल २०७४ पुष १० गते ३:१२ मा प्रकाशित

यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपी शेरचन’ !


आज कवि तथा साहित्यकार भूपि शेरचनको ८२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९९२ पुस १० मा मुस्ताङको टुकुचेमा जन्मेका प्रगतिवादी धारका साहित्यकार शेरचनको ८२ औँ जन्मजयन्ती काठमाडौं पोखरा लगायतका शहरहरुमा बिबिध कार्यक्रमको आयोजना गरि उनको सम्झना गरिएको हो ।

साहित्यकार शेरचन थोरै सृजनाबाट अत्याधिक लोकप्रियता हासिल गर्ने साहित्यकार हुन उनका  परिवर्तन (नाटक) २०१० साल,  नयाँ झ्याउरे (कविता)२०१० साल, निर्झर (कविता), २०१५ साल र  घुम्ने मेचमाथि अन्धो मान्छे (कविता) २०२५ साल प्रकाशित छन् भने ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह उनको चर्चित कृति हो ।

साझा पुरस्कार, गोरखा दक्षिण बाहु पुरस्कार लगायतका सम्मान प्राप्त साहित्यकार शेरचनको विसं २०४६ जेठ १ गते निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू