अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

गीतकार बालक गुरुङको तेस्रो एल्बम ‘सुरु सुगन्ध’ बिमोचन

बिआरटीनेपाल २०७४ पुष ८ गते १०:०३ मा प्रकाशित

गीतकार बालक गुरुङको तेस्रो गीति एल्बम ‘सुरु सुगन्ध’ बिमोचन गरिएको छ । बुधबार गीतकार संघ नेपालको आयोजनामा राजधानीको प्रज्ञाभवनमा एक कार्यक्रमका बिच बरिष्ठ गीतकार यादव खरेलले एल्बम बिमोचन गरेका हुन् । 

एल्बममा ६ वटा गीत समाबेश छन्  । २ गीतमा गीतकार गुरुङको संगीत र सम्पुर्ण शब्द उनकै रहेको छ । दिपक खरेल ,मेलिना राई , स्वरुप राज आचार्य ,राजेस पायल राईको स्वर रहेको एल्बमका गित माथी  बरिष्ठ संगीतकार बुलु मुकारुङ र बरिस्ठ गितकार राजेन्द्र थापाले टिप्पणी  गरेका थिए ।

संस्थाको अध्यक्ष चुडामणि देबकोटाको सभापतिव्तमा कार्यक्रम सम्पन्न भएको थियो । एल्बम पन्चम म्युजीकले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू