अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

नेपाली समाज टेक्सासको अध्यक्ष पदमा सुमन थापा निर्वाचित

बिआरटीनेपाल २०७४ पुष ८ गते ९:१० मा प्रकाशित

नेपाली समाज टेक्सासको अध्यक्ष पदमा सुमन थापा निर्वाचित भएका छन् । थापाका प्रतिद्धन्दीका रुपमा चुनावी मैदानमा उत्रिएका कमल सापकोटाले उमेद्वारी फिर्ता लिएपछि सुमन थापा नेपाली समाज टेक्सासको अध्यक्ष पदमा चयन भएका हुन् ।

थापा र सापकोटा प्यानलकाका अन्य पदका उमेद्वारहरुले पनि उमेद्वारी फिर्ता लिँदा आज हुने भनिएको चुनाव मतदान प्रकृयाबाट जानु परेन । जुन पदका लागि उमेद्वारी फिर्ता लिईएको छ त्यसमा सोतह अर्को प्यानलको उमेद्वार चयन भएपछि आफसी सहमतीमै पदाधिकारीहरु चयन गर्ने वातावरण बनेको हो ।

कमल सापकोटा र सुमन थापा पुरानै कार्यकारिणी समितिका दुइ पदाधिकारीहरु हुन् । सापकोटा समुहवाट महासचिव उम्मेद्वार बनेका कमल सत्यालले उम्मेद्वारी फिर्ता लिएपछि नया समितिमा थापा टिमका बब (भक्त) भण्डारी महासचिव पदमा स्वतह चुनिएका छन् भने थापा टिमका सचिव पदका उमेद्वार बिशान्त खड्काले उमेद्वारी फिर्ता लिँदा सो पदमा सापकोटा तर्फका परशुराम दाहाल चयन भएका छन् ।

त्यस्तै निरज तिम्सिनाले मनोनयन फिर्ता लिंदा थापा प्यानलका रवि रावल सहकोषाध्यक्ष पदमा चयन भएका छन् भने सापकोटा समुहवाट कार्यसमिति सदस्य पदका उम्मेद्वार केशबराज केसी, बिकास उप्रेती, शरणकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि सो पदमा थापा प्यानलका उमेद्वार चयन गरिएको छ ।

यता उपाध्यक्ष पदमा निबिरोध निवार्चित भएका सापकोटा समुहका दिवस थापाले आफ्नो पदबाट राजिनामा दिएका छन् । थापाको राजिनामा संगै रिक्त बनेको उपाध्यक्ष पदमा पनि मनोनित रुपमै उपाध्यक्ष चयन गरिने भएको छ ।

कोषाध्यक्षमा अमृत शर्मा, महिला संयोजक र युवा तथा बिद्यार्थी संयोजक पदमा क्रमशः आयशा ओझा र युवा तथा विध्यार्थी संयोजकमा बिमला श्रध्दा श्रेष्ठ यस अघिनै निर्विरोध भैसकेका थिए ।

झन्डै ४० हजार नेपाली बसोबास गर्ने अनुमान भएको टेक्सासमा यो बर्ष १ हजार ६ सय ६६ मात्र सदस्यता दर्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू