अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

छन्द कविताको स्वाद कार्यक्रम १३ जनवरीमा हुने

गोविन्द गिरी प्रेरणा, वाशिंडन डिसी २०७४ पुष ७ गते १०:४४ मा प्रकाशित

नेपाली साहित्यको क्षेत्रमा कविता विधामा र विशेष छन्द कवितामा निरन्तर कलम चलाइरहेका कवि सुदीपभद्र खनालको नविनतक कृति भुईँ फुलको गीत कृतिमाथि चर्चा र उनका छन्द कविताहरुको वाचनको कार्यक्रम आगामी जनवरी १३ शनिवार फेयरफ्याक्सस्थित प्याट्रिक हेनरी पुस्तकालयमा आयोजना गरिने भएको छ ।

लामो समयदेखि अमेरिका कर्मभूमि बनाएका कवि सुदीप नेपालमा कविता लेखनका साथै नेपाल राष्ट्र बैङ्कको नियमित साहित्यिक प्रकाशन मिर्मिरेको सम्पादन कार्यमा समेत संलग्न थिए ।

स्मरणीय छ, भुईँ फुलको गीतले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक २ वर्षमा प्रदान गर्ने विभिन्न पुरस्कारहरुमध्य अनेसास शिव लामिछाने सर्वोत्कृष्ट छन्दोबद्ध काव्य पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रमको आयोजना अमेरिका नेपाल साहित्य प्रतिष्ठानले गर्न लागेको हो । सन् २०१४ मा स्थापित यस प्रतिष्ठानले विविध साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू