अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

प्रियंका कार्की र आर्यनको रोमान्स वान मिलियन भन्दा बढि दर्शकको रोजाईमा

बिआरटीनेपाल २०७४ पुष ७ गते ५:५९ मा प्रकाशित

आउँदो पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बटरफ्लाइ’ मा  नायिका प्रियंका कार्की र नायक आर्यन अधिकारी पहिलोपटक संगै पर्दामा देखिँदैछन् । पहिलो फिल्म ‘के म तिम्रो होइन र?’ बाट एक्सन हिरोको छबि बनाएका अभिनेता आर्यन लामो अन्तरपछि दोश्रो फिल्म ‘बटरफ्लाइ’ मार्फत पर्दामा आउँदैछन् भने प्रियंकासँगको यो आर्यनको पहिलो चलचित्र हो । 

यो बीचमा गत नोभेम्बर १० तारिखमा सार्वजनिक भएको आर्यन प्रियंका रोमान्सरत उक्त फिल्मको गीतले वान मिलियन बढि भ्यूज प्राप्त गरेको छ । गीतलाई अहिलेसम्म युट्युवमा मात्र ११ लाख बढि पटक  हेरिएको छ । प्रेमिल शब्दको साथमा अर्जुन पोखरेलको सुमधुर संगीत समावेश रोमान्टिक गीतले धेरै दर्शकको मन जितिसकेको छ । मानसपटलमा बसिसकेको छ ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतलाई प्राप्त भएका प्रतिक्रियाहरु हेर्दा फिल्मलाई कैयौँ दर्शकले प्रतिक्षित लेखेका छन् । उत्कृष्ट सम्पादन तथा छायाँकन अनि निर्देशन जोडिएको गीत प्रति सँगसँगै यो फिल्मको यसअघि सार्वजनिक ट्रेलरप्रति दर्शकले देखाएको चासो तथा उत्सुकताले पनि फिल्मलाई प्रतिक्षित फिल्मको सुचीमा कैद गरेको छ ।

ओमप्रतिक गुरुङ निर्देशित फिल्मलाई सुरेश बज्राचार्यले खिचेका हुन् । रमेश प्रजापती कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी छन् । मन्दिल श्रेष्ठ र सरोज शाह सह निर्माता हुन् ।  चलचित्रमा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लिड रोलमा छन् । फिल्ममा अर्जुन जिसी र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया