अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

गैर पत्रकारका कारण चितवनका फिल्मी पत्रकारलाई सास्ती

बिआरटीनेपाल २०७४ पुष ७ गते ३:१८ मा प्रकाशित

फिल्मी नगरी बन्दै गरेको चितवनमा आजभोलीे निकैनै फिल्महरु छायाँकन हुने गरेका छन् । फिल्मको लागि सबैखाले वातावरण यहाँ भएकोले चितवन फिल्म पब्लिसीटीको लागिपनि आकर्षकोे केन्द्र बनेको छ । राजधानिबाट नजिक रहेकोले पनि फिल्मको लागि देस दोडाह गर्न नपाएका फल्मीकर्मीहरु चितवनसम्म भने आईपुग्छन् र चितवनमा पत्रकार भेटघाट गर्छन् तर चितवनमा चलचित्र पत्रकारहरुको गतिलो व्यवस्थापन नहुनाले बेला बेलामा फिल्मीकर्मी र स्वयं पत्रकारहरुलाई नै सास्ती हुने गर्दछ ।

हाल नायिका केकी अधिकारी र नायक नाजिर हुसेन साथमा लिएर देस दौडाहामा रहेको चलचित्र राज्जा रानीको आज चितवनको नारायणगढमा भएको पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले यस्तै खाले सास्ती बेहोर्नु पर्यो । कार्यक्रम सुरु हुनुभन्दा अधि देखिनै कलाकारको फ्यान लगायत बिना दर्ताका युट्युव चलाउने गैर पत्रकारहरुको उपस्थितले पत्रकारहरुले सास्ती बेहोर्नु त परयो नै त्यसमाथि पनि कलाकार तथा फिल्मीकर्मीहरुको कुरा पत्रकारले सुन्न, लेख्न र क्यामरामा कैद गर्न पनि सकेनन् ।

त्यसले गर्दा पत्रकारहरु असन्तुष्ट निरासा भएको प्रष्ट देख्न सकिन्थ्यो । यदि पत्रकार भेटघाट भनेर फ्यान र गैर पत्रकारहरुलाई उपस्थिती गराउने हो भने किन पत्रकार भेटघाट भन्ने पब्लिक भेटघाट भनेर कुनै चोरमा कार्यक्रम राख्दा उपयुक्त हुने थियोकी कि, हैन भने पत्रकार भेटघाटमा परिचय पत्रका आधारमा पत्रकारलाई मात्र पास गराउन नसक्नु चलचित्र पत्रकार चितवनको कमजोरी पक्कै हो ।

त्यसो त गत असोजमा पनि छक्का पञ्जा २ को पत्रकार भेटमा पत्रकार भन्दा पब्लिक बढी भएपछि पत्रकार हल बाहिर बस्नु परेको थियो ।

प्रतिक्रिया