अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

धरानमा एड्रीन प्रधानको मेगा लाइभ कन्सर्ट सम्पन्न (फोटो फिचर)

सौरभ श्रेष्ठ, धरान २०७४ पुष ६ गते ९:४६ मा प्रकाशित

धरान र मङ्गलवार धरानको पब्लिक स्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि करिब ६ घण्टा सम्मको लामो तर यो वर्षकै भव्य म्युजिकल कन्सर्ट टुबोर्गको प्रस्तुति रहेको मेगा लाइभ कन्सर्ट २०१७ सम्पन्न भएको छ ।

बेलुकी दस बजे मात्र स्टेजमा चढेका चर्चित गायक एड्रीन प्रधानले आफ्नो फ्रेन्ड्स ब्याण्डका साथ करिब डेढ घण्टा धराने दर्शकहरुलाई आफ्नो गीतको तालमा नचाए । एड्रीन प्रधानको प्रस्तुति हेर्न साढे चार घण्टादेखि बसेकादर्शकहरुलाई एड्रीन प्रधानले नभन मेरो, परेलीमा, हिडदा हिड्दै दोबाटोमा, पहिलो जुनीमा, धेरै धेरै आउँछ मनमा, पिंजडाको सुगा, बिर्सेर मलाई, अभिवादन, खैरो खैरो कपाल तिम्रो, गुरासै फुल्यो, जति माया लाए पनि, सगरमाथा हाम्रै हो, यो मन त मेरो नेपाली हो हुँदै सम्बोधन तिमीलाई बोलको गीत गाएर कन्सर्टको मैजारो गरेका थिए । एड्रीनका प्रत्येक गीतमा दर्शकहरूले एड्रीनसंगै गाउँदै साथ दिएका थिए । करिब पाँच वर्ष पछि धरानको कन्सर्टमा देखा परेका एड्रीन यति राति सम्मपनि संयमित धराने दर्शकहरु देखेर एकदमै खुसी देखिन्थे । नेपाल क्लब तथा हंगकंग नेपाली महासङ्घ को अध्यक्ष रिता गुरुङ को सभापतित्व र धरान उपमहानगर पालिकाको उपमेयर मंजु भण्डारीको प्रमुख आतिथ्यमा भएको कन्सर्ट धरान-१३ अमरहाटमा धरान बाल उधान तथा हेल्थ पार्क निर्माण कार्य सुरु गर्नका लागि आयोजना गरिएको थियो ।
नेपाल क्लब, हंगकंगको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको इभेन्ट म्यानेजमेन्ट तथा टुबोर्ग बियरको प्रस्तुति तथा बराह ज्वेलरीको प्रायोजनमा आयोजनामा भएको मेगा लाइभ कन्सर्ट २०१७ मा धराने गायक डिल्ली फोम्बोले आफ्ना चर्चित गीतहरू माइली, म माया लाउँदिन, आउँछु म भनेर लगायतका आफ्ना चर्चित गीतहरू गाएर आफ्नो दमदार प्रस्तुति तथा आफ्नो दर्शकक्रेज देखाए त्यस्तै अर्का धराने गायक शिव लामिछानेको प्रतुती पनि आकर्षण रहयो । उनले आफ्नो कृपा फाउन्डेसन ग्रुपसँग जय नेपाल भन्ने नयाँ गीतलाई प्रत्यक्ष्य प्रस्तुत गरेर सर्वाजंकी मात्र गरेनन, किन दुख्छ मुटु मेरो, पुरानो मायालाई, उकाली ओराली हरुमा, चाहे माया गर जस्ता आफ्ना चर्चित गीतहरू गाएर दर्शक हरुलाई उतिकै मन्त्रमुग्ध बनाए ।

त्यस्तै ऊर्जा ब्याण्डका गायक प्रशान्त शर्माको आँखा आँखामा सँगै पुराना गायक नवराम राईले कालो कालो रात र विश्वास के हो, मनोज मोतेले टाढा जाने र हाम्रो जीवन, रमेश राईले धरानको बजारैमा, बबिन लिम्बुले धरानको पुरानो बजारमा, एपी सेर्पाले गरौँ संकल्प सलल बगेर अज्ने पानी, साक्थिम योंग्याको कोदो है फल्ने, तुहिन लिम्बुले जिन्दगी बोलका गीतहरू प्रस्तुत गरेका थिए ।

मिस पुर्वान्चल २०१६ कि फर्स्ट रनर अप इक्सा मादेन र मिस पुर्वान्चल २०१७ रुबी लिम्बुले गरेको आकर्षक उद्घोशन र ईगल साउन्डको भव्य साउण्ड र लाइटको व्यवस्थापनले करिब ५ हजार बढी दर्शकहरुलाई ६ घण्टा लामो कन्सर्ट पनि बोर नमानी सङ्गीतको तालमा रमाएर बसेका देखिन्थे ।