अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

न्यु यर इभमा धरानमा मन्त्रको कन्सर्ट

सौरभ श्रेष्ठ, धरान २०७४ चैत २४ गते १३:४४ मा प्रकाशित

अठार वर्ष अघि छिमेकी देश भारतको दार्जिलिंगमा स्थापित मन्त्र ब्यान्डले नेपालीहरूको नयाँ वर्ष २०७५को पुर्वसन्ध्यामा आगामी चैत्र ३० गते शुक्रवार धरानको पब्लिक स्कुलको मैदानमा बि स २०७४ लाई बिदाइ गर्दै नयाँ वर्ष २०७५ लाई स्वागत गर्नेछन । 

गोर्खालीको छोरो म, जीवन हाम्रो, संस्कृति, एकान्तमा, हिमाली नेपाली, आकाशैमा, सधैँ–सधैँ जस्ता दर्जनौँ चर्चित गीतहरू गाएर देश–विदेशको यात्रा गरिसकेको रक-पप ब्याण्ड मन्त्रलाई धरानको भैरव इभेन्ट्सले न्यु यर्स इभ रक कन्सर्ट २०७५ मार्फत धरानको दर्शकहरू माझ उतारदैछन ।

मन्त्र ब्यान्डमा मुख्य गायकमा भास्कर देवान, गितारमा प्रज्ञा लामा, ड्रममा बिर्जु चौधरी, किबोर्डमा मनिष थापा, बेस गितारमा प्रभास सुब्बा, बाँसुरी र सेक्साफोंनमा विधान रहेकाछन् ।

मन्त्र सँगै धरानको स्थानीय ब्यान्डहरू समग्र नेपाल, डाइमेन्सन ब्याण्ड, स्टोन ब्रिज ब्यान्डले पनि आफ्नो प्रस्तुति दिने भैरव इभेन्ट्सका इभेन्ट् म्यानेजर दिपेश श्रेष्ठले बताए ।

नेपालीहरूको नयाँ वर्षको अघिल्लो दिनको इभलाई पनि भव्य रूपमा मनाउनकै लागि वारेस्टाइन बियर, जिंग भोड्का, गोर्खा डिपार्टमेन्ट र डिलाइट वाइनको प्रायोजनमा धरानमा ठुलो तामझामका साउण्ड र लाइटको उचित व्यवस्थापनका साथ न्यु यर्स इभ रक कन्सर्ट २०७५ आयोजना गर्न लागेको इभेन्ट् म्यानेजर दिपेश श्रेष्ठले बताए ।