अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

नयाँ वर्षमा नागोया र ओशाकामा साँस्कृतिक प्रस्तुती ‘चितवन धमाका २ जापान’को आयोजना हुँदै

बालकृष्ण- टोकियो २०७४ पुष ५ गते ७:२७ मा प्रकाशित

“आपतकालीन अक्षयकोष स्थापनार्थ” चितवन समाज जापानले यहि जनवरी ३ बुधवार टोकियोमा साँस्कृतिक कार्यक्रम गर्दै छ । कार्यक्रम दिसेंबर ३१ मा नागोया र जनवरी १ तारिकमा ओशाकामा पनि हुने समाजका प्रवक्ता बाशुदेव लामिछानेले जानकारि गराउनु भएकोछ ।

टोकियोमा हुने कार्यक्रम को संयोजन इस्वरी प्रसाद कडेल, ओशाकामा हुने कार्यक्रम को संयोजन अनुप पौडेला र नागोयामा हुने कार्यक्रम को संयोजन रामु खरेलले गर्नु भएको छ । टिकट ब्यबस्थापन तथा कार्यक्रमको आर्थिक पारदर्शीतालाइ प्रभाबकारी बनाउनका निमित्त समाजका पदाधिकारीहरुलाइ जिम्मेवारी तोकेको छ भने कार्यक्रमलाई सभ्य र सुरक्षित तवरले सम्पन्न गर्न भिभिन्न उपसमिति गठन गरीएको समाजका महासचिव हरि पौडेलले जानकारी दिनुभयो ।

परोपकारी उधेश्य सहितले आयोजना गरिएको कार्यक्रममा सबै एकजुट हुन आग्रह गर्दै चितवन धमाका २ अन्तरगतका कार्यकममा आफु लाइ सहज हुने स्थानहरुमा उपस्थित जनाई सफल पारिदिनु हुन सम्पूर्ण जापानबासि नेपालीहरुमा समाजका अध्यक्ष राजन कुमार श्रेष्ठले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू