अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

संगीत महर्षि नातिकाजीको ९३ औँ जन्मजयन्तीमा ‘नातिकाजी सम्मान’ तथा ‘पुरस्कार’ घोषणा

बिआरटीनेपाल २०७४ पुष ३ गते ९:०० मा प्रकाशित

बरिष्ठ गायक एलपी जोशीलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७४ प्रदान गरिने भएको छ । नातिकाजी स्मृति समाजद्वारा सोमबार नातिकाजीकै निवासमा आयोजित संगीत महर्षि नातिकाजी श्रेष्ठको ९३ औं जन्मजयन्ती एवं सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा सो जानकारी दिइएको हो ।

यस्तै, नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान २०७४ सात जना स्रष्टालाई प्रदान गरिने भएको छ । समाजले दिएको जानकारी अनुसार, प्रसाद श्रेष्ठ –गायक), मदनकृष्ण श्रेष्ठ –गायक), डा. भोला रिजाल –गीतकार), रमेश ताम्रकार (गायक), डा.अरुण सायमी –गीतकार), पुष्करलाल श्रेष्ठ –पत्रकार) र प्रेमराजा महत –गायक) लाई सो सम्मान प्रदान गरिने गरिने भएको छ ।

यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७४ चारजना स्रष्टालाई प्रदान गरिने भएको छ । गीतकार सुवास चन्द्र ढुंगेल, गायिका कोमल वली, संगीतकार नारायण वली र गायक राजेशपायल राईलाई सो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

यस्तै, संगीतकार लक्ष्मण शेष, गायक प्रमोद खरेल र गायिका मीना निरौलालाई नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार २०७४ प्रदान गरिने समाजले जनाएको छ । सम्मान तथा पुरस्कार छनोटका लागि वरिष्ठ गायक योगेश बैद्यको संयोजकत्वमा गठित सिफारिस समिति गठन गरिएको समाजले जनाएको छ ।

समाजका अध्यक्ष शम्भूजीत बासकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नातिकाजीले नेपाली संगीतको श्रीबृद्धिमा पुर्याउनुभएको योगदानको चर्चागर्दै बरिष्ठ गीतकार रत्मशमशेर थापाले भन्नुभयो, “नातिकाजी नेपाली माटोको संगीत भर्ने संगीतकार हुन् । सरल जीवनशैलीजस्तै उनको संगीत सरल छ । उनी साँच्चीकै मेलोडी किंग हुन् ।”

उहाँले त्रिचन्द्र कलेजमा २०१८ सालमा नातिकाजीसँगै पढेको स्मरण गर्दै नेपाली गीत संगीतको क्षेत्रमा नातिकाजीको योगदानलाई आधुनिक पुस्तामा हस्तान्तरण गनुपर्नेमा जोड दिनुभयो ।

यस्तै, समाजका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले नेपाली संगीतलाई चिरकालसम्म जिवन्त राख्न नातिकाजीको संगीत कोशेढुंगा सावित हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू