अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

अध्यादेशका विषयमा विवाद नगर्न नेता नेपालको आग्रह

बिआरटीनेपाल २०७४ मंसिर २९ गते १२:०३ मा प्रकाशित

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले निर्वाचनको परिणाम आइसकेपछि नेपाली काँग्रेसले विभिन्न अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको बताउनुभएको छ ।

साँखुका विभिन्न स्थानमा गरिएको विजय जुलुसपछि आज आयोजित सभामा उहाँले वाम गठबन्धनको सरकार निर्माण जनताको चाहना भएकाले काँग्रेसलाई जनादेश स्वीकारेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

मुलुकमा अब गठन हुने सरकारले राजनीतिक स्थिरता कायम गरी विकास निर्माणका कार्यक्रम ल्याउने बताउँदै त्यस कार्यले पाँच वर्षभित्र देशलाई सम्पन्न र समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

दैनिक प्रशासनिक कार्य मात्र गर्नुपर्ने अहिलेको सरकारले प्रदेशमा प्रतिनिधि तोक्न नहुनेमा जोड दिँदै उहाँले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गरी राजनीतिकरुपमा बेइमानी गरेको विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेता नेपालले साँखुका ऐतिहासिक महत्त्व बोकेका विभिन्न धार्मिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू