अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

घर र गोठमा लागेको आगोले ८ लाखको क्षेति

बिआरटीनेपाल २०७४ मंसिर २९ गते ०:४३ मा प्रकाशित

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर–७ भिङगिठेमा  घर र गोठमा आगलागी भएको छ । आगलागीबाट घरमा रहेको अन्नपात लत्ताकपडा गोठमा रहेको दारपात जलेर नष्ट भएको छ ।

स्थानीय चन्द्रकला बिकको घरमा बिहीबार बेलुका पाँच बजेतिर अक्समात गोठमा सल्केको आगो घरमा पुगेको थियो । साँझको समयको बेला केटाकेटी आगो चलाएका कारण घर गोठमा आगोलागि भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

घरमा रहेका अन्नपात जलेका कारण ८ लाखको क्षेति भएको अनुमान गरिएको छ । गोठमा रहेका गाई, बाख्रा र बाछा पनि आगोले जलेर घाईते भएका छन् । स्थानीयको सक्रियतामा करिब १ घण्टामा आगो नियन्त्रणमा आएको हो भने अहिले घरका परिवारलाई आफन्तको घरमा सारिएको छ ।

यसैबीच गाउँकै वनमा दिउसो आगोलागी हुँदा बनमा रहेका दार तथा जडिबुटी जलेर नष्ट भएको छ । आगो दिउसो स्थानीयले नियन्त्रणमा लिएपनि साँझदेखि फेरि आगो फैलिएको हो । बनमा आगो कस्ले लगाएको हो भन्ने खुल्न सकेको छैनन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू