अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

मेरो जीवन बाहिरबाट अरुले देखेको जस्तो सुखि छैन

साहित्यकार गणेश रसिक

बिआरटीनेपाल २०७४ मंसिर २५ गते १२:०८ मा प्रकाशित

एउटा नमिठो यर्थाथ । गणेश रसिकको शब्दमा संगीतकार प्रविण गुरुङले संगीत भर्दैथिए । संगीत पुरा नहुँदै प्रविण गुरुङको दुखद निधन भयो । प्रविण गुरुङले सारा संगीतप्रेमी मनहरुलाई झै गणेश रसिकका शब्दलाई पनि टुहुरो बनाएर गए । जुन गीत तयार गरेर उनि पोखरामा बस्ने आफ्नी बुढी आमालाई सुनाउन चाहन्थे ।

प्रविण गुरुङले छोडेर गएको शब्दमा गणेश रसिकका छोराले संगीत सुरु गरे । संगीत भरेर सक्दा नसक्दै उनको पनि यस्तै अप्रत्यासीत निधन भयो । के थियो यो गीतमा र यसले दुई जना संगीतकार गुमायो । तिनै साहित्यकार, संगीतकार तथा गायक गणेश रसिक संग सुषमा देवकोटाले गरेको कुराकानिमा आधारित 

२००४ साल आश्विन महिनामा भोजपुर जिल्लाको छिनामखु ५ मा जन्मिएँ म । एकमाना खानपुग्ने परिवार थियो हाम्रो । हजुरबुबा बडाहाकिम हुनुहुन्थ्यो । मेरो वुवाको शिक्षा दार्जिलीङमा भएको हो । २००७ साल अगाडी राणा एकतन्त्रिए सालनकाल,जनताका छोराछोरीले पढ्न नपाईने अवस्था । त्यसैले मेरो परिवारका सबै सदस्य दार्जिलीङ र बनारसतिर नै पढ्नु भयो । घरमा चेतना थियो, पढ्नु पर्छ भन्ने । त्यसैले मैले पढ्न पाएँ । पहिले गाउँमा नै पढें, पछि भोजपुर सदरमुकाम आएर पढेँ ।

म ३÷४ बर्षको हुँदा आमा खस्नुभयो । बच्चैदेखि अन्तरमुखी स्वभावको थिएँ । साहित्य र संगीतमा रुचि राख्ने त्यसै कारण भएछु क्यारे । बुवा दार्जिलीेङमा पढ्नु भएकाले धरणीधर कोइरला, पारसमणी प्रधान, सुर्यबिक्रम ज्ञवाली जस्ता साहित्यकारको संगतमा हुनुहुन्थ्यो । त्यो बेला दार्जिलीङबाट निस्कने सबै पत्रपत्रिका र साहित्यीक पुस्तक घरमा ल्याउनु हुन्थ्यो । म बच्चैबाट ति पत्रपत्रिका र पुस्तकहरु पढ्थें । त्यसको प्रभाव पनि प¥यो ।

अर्को कुरा हामीलाई पढाउने शिक्षक शिक्षीका दार्जिलीङको हुनुहुुन्थ्यो । उहाँहरुको संगीतमा रुचि थियो । स्कुलमा सांस्कृतीक कार्यक्रम हुन्थ्यो । हामीले नाच्नुु गाउनु पर्ने र त्यही कार्यक्रम बाट पैसा उठाएर उहाँहरुको तलब ख्वाउनु पर्ने । त्यो मेरो संगीतयात्राको सुरुवात थियो । यसरी बढेको साहित्य र संगीतप्रतिको मोहलाई आजका दिन सम्म छोड्न सकिएन ।

२०२२ सालमा काठमाडौ आएँ । मन्जुल, रामेश, रायन संग यहीँ भेट भयो । हामीले राल्फा समुह गठन गरेउँ । बिमल राल्फा, निरन्जन राल्फा, निनु राल्फा, हामी धेरै साथिहरु आवद्ध थिएउँ राल्फामा । पारिजात दिदी पनि हुनुहुन्थ्यो । हामी समुहगत गीत गाउँथेउँ ।
पछि मैले राल्फा छोडेँ । सायद मेरो आफ्नै कमजोरी थियो राल्फा छोड्नुमा । त्यसपछि हिरण्य भोजपुरे, उर्मीला श्रेष्ठ, तिर्थ श्रेष्ठ, निर्मल ाश्रेष्ठ, नविन किसोर राई आदि मिलेर हामीले लेकाली समुह गठन गरेउँ ।

२०२३ सालबाटै मैले रेडियो नेपालबाट गीतहरु गाउन सुरु गरिसकेको थिएँ । “उँभोलाई हेरुँ त्यो तारे लेक उँधोलाई भिरह, कि लाग्छ मलाई हजुरको मायाकि चल्छ बिरह” । पहिलो पटक रेकर्ड भएको मेरो गीत यही थियो । त्यो बेला गाईयो, त्यसको रेकर्ड पनि रेडियो नेपालमा छ कि छैन, थाहा छैन । त्यसपछि “य है आज भेडाबाख्रा कता लाने”बोलको गीत रेकर्ड गराएँ । सबैले मन पराउनु भयो ।

त्यतीबेला रेडियो नेपाल मात्र थियो गीत रेकर्ड गराउने माध्यम । हामी लाईभ गाउँथेउँ । रेकर्ड गर्न ६ महिना भन्दा बढि समय पनि पालो कुर्नु पर्थो । गाउँदै जाँदा बाध्यवाद्यक या गायक, गायीकाले एक ठाउँमा बिगा¥यो भने फेरि सुरुबाटै गाउनु पर्थो । त्यो बेला गाएका गीत अझै पनि कण्ठ छ । किनकी शब्द–शब्दमा मेहनत गरिन्थ्यो । आजभोली झैं टुक्रा–टुक्रा गाउन पाईने जमाना थिएन । धित मर्ने गरि गाइन्थ्यो । अहिले त धित नै मर्दैन गाउँदा । अल्छीपन बढेको जस्तो लाग्छ प्रविधिको विकाश संगै । बिग्रीएपनि के भयो र रु फेरि गाउन पाईन्छ । यो सोचेर गाउनु र बिगार्नै हुँदैन भनेर गाउनुमा फरक छ ।

२०२६ सालमा कलाकारकको रुपमा राष्ट्रिय नाचघरमा जागिर खाएँ । तलब १५० रुपैयाँ थियो । २० रुपैयाँ कोठा भाडा तिर्थें । २०-३० रुपैयाँले महिनाभरी खाना खान पाईन्थ्यो । रेडियो नेपालमा गीत गाएको पारिश्रमीक १० रुपैयाँ पाउथेँ । आजको समयमा त्यती पैसा के हो र ? समय धेरै बदलिएछ ।

गाउने क्रममा बिर्षनै नसक्ने कति क्षणहरु पनि छन् । दार्जिलीङमा एउटा कर्यक्रममा गाउन गएको थिएँ ।

“लडि नहार्ने नेपाली छाति कर्दैले चिरेछ,
देशको गीत गाउने दाजु भोकले मरेछ” ।

यो गीत गाएँ । कार्यक्रम सकियो । छेउमा बसिरहेको थिएँ । एकजना ठुलो जिउडालको, अजंगको मान्छेले मेरो पाखुरा च्याप्प समाएर अलि हप्काएझैं गरि सोध्नुभयो– “अघि गीत गाउने मान्छे तिमी नै हो” ? म त पातलो थिएँ त्यती बेला । दार्जिलीङतिर तिमी भन्ने शब्द ज्यादा प्रयोग हुन्छ, तपाँई भन्दा । यो एउटा आत्मीयता पनि हो ।

मैले भनेँ–हो मैले नै गाएको ।

फेरी उसैगरि ठुलो स्वरमा सोध्नुभयो–“लडि नहार्ने नेपाली छाती” कसले लेखेको यो गीत ?

मैले नै लेखेको हुँ भनेँ । उहाँले भन्नु भयो–“विश्व थर्काउने नेपाली बीर,तोपले नछेड्ने, गोलीले नछेड्ने नेपालीको छाति तिमीले कसरी जाबो कर्दले चिरेछ भनेउ ? ल मलाई यसको जबाफ दिनुप¥यो” । म के भनुँ–भनुँ भएँ । यो गीत त मैले नेपालको सन्र्दभमा लेखेको थिएँ । उहाँलाई जवाफ त दिनै प¥यो । भनें–“हेर्नुस हामीले संसार जितेर के गर्नु । अझै पनि हाम्रो आमाको भाषाले मान्यता पाउन सकेको छैन । यहाँ दार्जिलीङमा हामी यतिका नेपाली छौँ । लडिरहेका छौँ आफ्नो भाषाको अस्तित्वको लागि । तर हामीलाई दुख दिईरहेका छन्, कर्दले छाति रेटेर । जुन छातिमा हाम्रो भाषा र आमाको अस्तित्व छ” । यति भनेपछि उहाँले स्यावास भनेर,मलाई बोकेर पुरै स्टेज घुमाउनु भयो ।यो २०२७ सालको कुरा हो ।

अर्को एउटा घटना सम्झन्छु दार्जिलीङकै । त्यहाँका स्थापीत संगीतकार र गायक गायीकाहरु आएको एउटा होटलमा आयोजित कार्यक्रममा हामीलाई नेपालबाट आएको कलाकार भनेर बोलाईयो । होटलमा गएउँ । पार्टी भयो । सबैले नेपालबााट आएको कलाकारको गीत सुन्नु पर्छ भन्नुभयो । हामीले सिधै भन्दीएउँ–हामी यसरी भात खाएर होटल सोटलमा गीत गाउँदैनौं । यति भनेर हामी बाहिर आएँउ । हाम्रो मान्यता थियो, मानोरन्जनको लागि मात्र गीत नगाउने । तर अहिले लाग्छ, हामीले त्यो बेला गाईदिनु पर्थो । उहाँहरुले नेपाली भनेर गरेको माया र आफ्नोपनलाई हामीले नबुझेका रहेछौँ । १-२ वटा गीत गाईदिएको भए के जान्थ्यो र ?

जीवनमा नसोचेका सुख पनि पाएँ । तर मेरो जीवन बाहिरबाट अरुले देखेको जस्तो सुखि छैन । दुख धेरै छन् म संग । यति लामो जीवन दुखै दुखमा बित्यो मेरो । आमा सानैमा खस्नुभयो । वुवाले अर्को विवाह गर्नु भयो । १६-१७ बर्षको उमेरमा घर छोडेँ । ति दुखका दिन सम्झन्छु अझै । वुवा पनि खस्नुभयो । भाइ बहिनी हुर्काएँ । पछि कान्छो भाईले आत्महत्या ग¥यो । माहिलो भाई माओवादी द्वन्दमा मारियो । साहिंलो भाई एक्सीडेन्टमा बित्यो । छोरा थियो । छोरा पनि ३-४ बर्ष पहिले वित्यो । धेरै दुख भोगेको भएर होला दुखै साथि जस्तो लाग्छ । हुनत एक दिन म पनि जानु पर्छ । तर मानसिक पिडा भै रहँदो रहेछ । कैलेकाँहि साह्रै एक्लो महशुष हुन्छ आफुलाई । छोरी बेलायत छ । उ पट्टी एउटा नाती छ । अहिले हामी ४ जनाको परिवार छौं । म, श्रीमती, बुहारी र  नातीनी । परिवार संग छु, यहि सुख हो यतिबेला ।

सायद आमाको अभाव नखड्को भए लेख्थिन होला म । संवेदशील, एक्लो र अन्तरमुखि हुँदा नै सृजन ा गर्न सकें । अभावलाई व्यक्त गर्ने माध्यम साहित्य र संगीत भै दियो । यसैलाई आधार मानेर बाचेको छु । संगीत नभएको भए म धेरै पहिलेनै आत्महत्या गरिसक्थें । मेरो जीवनमा यस्ता क्षणहरु पनि आए जो मैले सहन सक्के खालका थिएनन् । मैले तिनै दुखलाई संगीतमा भरें । भावनालाई सृजनामा मिसाएर आफुलाई समालेको छु ।

म चाईना, रसा, बेलायत, हङकङ, सिङ्गापुर, क्यानडा, जापान आदि देशहरु पुगेँ । विदेशमा कार्यक्रम गर्दा यस्तो महशुस हुन्छ, मैले लेखेर, गाएर राम्रै गरेछु । विदेशमा बस्ने नेपालीले देखाउने आत्मीयता र माटोको मायालाई मेरा शब्दहरुले सम्मान गरेर नपुग्ला । उहाँहरु १३÷१४ घण्टा काम गर्नुहुन्छ । तै पनि नेपाली कलाकारको कार्यक्रम भनेपछि थकाई, भोक नभनि समय निकालेर आउनुहुन्छ । आ–आफ्नो तर्फबाट सहयोग गर्नुहुन्छ । मैले धेरै प्रोत्साहन पाएको छु विदेशमा बस्ने नेपालीको यो व्यवहारबाट ।

संगीत क्षेत्रको विकाशको लागि सरकारलाई दवाव दिने काम हामीहरुको हो । हामीमा एकताको कमी देख्छु । आपसी आत्मीयता बोकेर संगीत क्षेत्रको विकाश गर्न खोज्ने हो भने पक्कै पनि सरकारले हेर्ने छ । आफ्नो–आफ्नो दायित्व निर्वाह गर्न सके मात्र पनि सांगीतीक क्षेत्र बलियो हुनेछ । जस्तो कि म एकेडेमीमा छु । मेरो पनि दायित्व हो, कुनै दल वा बिचारका मान्छे होईन असली श्रष्टालाई अगाडी बढाउनु ।

अहिले संगीत बजार महङ्गो भयो । पैसा नहुनेले प्रतिभा र खुवि हुँदापनि ठाउँ पाउँदैनन । एउटा एल्वम ४० लाखको पनि हुन्छरे । सुन्दा पनि डर लाग्छ । हाम्रो त घरबारी, जग्गा जमिन बेच्दा पनि जुट्दैन यति पैसा । मैले एउटा एल्वम गरें यसपटक“सुन्यता” । पैसा थिएन म संग । एउटा संस्थाले सबै खर्च बेहोरिदीयो । नत्र “सुन्यता” निस्कनै सक्थेन । पैसा नहुनेले सृजना भएपनि नचिनिने र पैसा हुनेले अरुका सृजना किनेर आफ्नो नाम लेखेर पनि स्रष्टा बन्ने तितो यर्थाथ संगीत क्षेत्रमा देखेको छु ।

साहित्य र संगीतमा लागेर मैले नाम सम्म कमाएछु । आज तपाँई मेरो घर खोज्दै आउनु भयो मेरो बारेमा जान्न । आर्थिक अवस्थाको कुरा गार्ने हो भने,मैले एउटा एल्वम निकाल्न पनि एउटा संस्थाको सहयोग लिनु प¥यो । अहिलेको अवस्थामा गितकारलाई चाहिँ गाह्रो छ गीत लेखेर बाँच्न । नाम चलेका संगीतकारको कमाई राम्रै छ भन्ने सुन्छु । नयाँ गाएक गायिकाले पनि राम्रो कमाई गरेका छन् । विभिन्न महोत्सव,कन्सर्ट र बिदेशका कार्यक्रमबाट ।

म नाचघरमा हुँदा गायक गुलाम अली संग भेट भएको थियो । उनि मलाई भन्थे–रसिक जी मैले आफ्नो जीवनमा २० बर्ष संगीत सिकें । एकदिन गुरुले भन्नु भयो–अब तँ गाउन सक्ने भईस् जा गाउन सुरु गर् । मैले गाउन थालें । मेरो स्वर राम्रो छ पनि भनिन्छ । म अझै ४० बर्ष गाउन सक्छु । तर मैले गाउने समय ४-५ वर्ष मात्र हुन्छ । किनकी संगीत सुन्ने मान्छेले नयाँ नयाँ स्वर सुन्न चाहन्छन् । ति स्वरहरुको आगमन संगै मेरो आवाज केहि मेरा फ्यानहरुमा मात्र सिमीत हुन्छ । यी ४-५ बर्ष मैले नाम र प्रशंसकहरु मात्र कमाउँछु । मेरा ७ वटा छोरी छन् । तिनीहरुको विवाह गर्नु छ । मैले कमाएको नामले मात्र त नहोला रु पैसा कमाएको छैन । मैले संगीतमा लागेर आत्म सन्तुष्टी मात्र पाएं । मलाई उनको यो कुरा साह्रै चित्त बुझ्यो । हो त वास्तविकता यस्तै छ ।

संगीत क्षेत्रमा आउने नयां पुस्तालाई मेरो सुझाव छ–सिकेर आउनु । हुनत नसिकी पनि यो क्षेत्रमा आउन सकिन्छ । तर सिकेर आउँदा संगीतका धेरै सैधान्तीक कुरा थाहा हुन्छ । संगीतको बारेमा ब्याख्या गर्न सकिन्छ । मैले संगीत सिकीन त्यो अभाब खड्कन्छ मलाई । त्यो बेला लहलहीमा गीत गाईयो । “य है आज भेडा बाख्रा कता लाने” गीत हिट भयो । मैले सोचें–के सिक्नु प¥यो संगीत,जस्तो गीत नि गाउन सकिहाल्छु । अहिले लाग्छ सिक्नुपर्ने रहेछ । अब यो उमेरमा सिक्छु भनेर नि कहाँ जाने ?

थुप्रै गीतहरु गाएँ, मेरो स्वर्गीय छोराले संगीत गरेको गीत प्रीय छन् मेरो लागि । जसमध्य एउटा गीत छ, जुन गीत पहिला संगीतकार प्रबिण गुरुगंले संगीत गरेका थिए । गीतको संगीत पुरा नहुँदै उनको दुःखद निधन भयो । त्यसपछी मेरो छोराले त्यही गितमा संगित गर्यो, छोराको पनि निधन भयो । मैले लेखेको शब्द थियो त्यो । संगीतकार प्रबिण गुरुगंले पोखरामा बस्ने आफ्नी आमाको सम्झनामा लेखिदिनु दाई भनेर लेखेथें । सम्झँदा यस्तो लाग्छ, के थियो यो गीतमा र दुबैजना संगीतकार गुमायो यो गीतले ?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू