अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

सगुनको शेयरमा क्यानडा बस्ने नेपालीहरूको आकर्षण (भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर १३ गते २०:५८ मा प्रकाशित

सगुनको मिनि आइपीओ अन्तर्गत दोस्रो चरणको शेयर लगानीमा क्यानडाबाट उत्साहजनक सहभागिता जुटेको सगुनले जनाएको छ। सगुनमा विश्वभरबाट आएको लगानीको लहरमा क्यानडा पनि अग्रपंक्तिमा छ।

शेयर लगानी गर्ने समय सकिनै लाग्दा अन्तिमका दिनहरुमा विश्वभरबाट नेपालीहरुको शेयरमा सहभागिता व्यापक बढेको भन्दै क्यानडामा सगुनको शेयरप्रति निकै आकर्षण बढेको क्यानडास्थित सगुन प्रतिनिधि सुरेन उप्रेतीले जानकारी दिए।

सगुनमा लगानी गर्ने र लगानीको बारेमा जानकारी लिन चाहने व्यक्तिहरुको चाप अत्यधिक बढेकोले नियमितरुपमा उपलब्ध गराइएको २४ घण्टा खुल्ला रहेको लाइभ च्याटको साथमा हटलाइन सेवा समेत सञ्चालन गरेको सगुनले जानकारी गराएको छ ।

सगुनको यस चरणमा लगानी गर्ने अन्तिम समय यहि नोभेम्बर ३० मध्यराती (न्यूयोर्क समय) सम्म मात्र रहेको छ ।

सगुनमा लगानी गरेकामध्ये क्यानडामा सक्रिय समाजसेवी हेमन्त शिवाकोटी भन्छन् सामाजिक संजालमध्ये एउटा उपयुक्त विकल्पका रूपमा सगुन आएको छ त्यसैले यो नेपाली सोँच र कम्पनीलाई सघाउनै पर्ने लागेर मैले पनि लगानी गरेको छु।

सगुनले खुल्ला गरेको दोश्रो चरणको शेयर अमेरिकी डलर १००० वा सो भन्दा बढी रकम लगानी गरि खरिद गर्न सकिने छ। नेपालको कानूनी प्रावधानको कारणले नेपालबाट लगानी गर्न मिल्दैन। यस पटक क्रेडिट वा डेविट कार्डबाटसमेत लगानी गर्न पाइने व्यवस्था सगुनले गरेको छ। तर भारत र अष्ट्रेलियाबाट यो सेवा उपलब्ध नरहेको जनाइएको छ।

सामाजिक संजाल र इकमर्शमार्फत विश्व बजारमा उदयमान कम्पनीका रुपमा सगुनले आफ्नो पहिचान बनाएको छ। दाश्रे चरणमा हालसम्म ५२ भन्दा बढि देशहरूबाट लगानी भएके सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जानकारी दिए।

सगुनको शेयरमा कम्तिमा एक हजार अमेरिकी डलरदेखि आम्दानीको दश प्रतिशतसम्म लगानी गर्न सकिने प्राबधान छ। विदेशमा हुने नेपालीहरुले वायर ट्रान्सफर वा डेबिट–क्रेडिट कार्डमार्फत सगुनको शेयरमा लगानी गर्न सक्नेछन्। अमेरिकामा हुनेहरुका लागि शेयर लगानी गर्न अन्य बिधि पनि रहेका सगुनले जनाएको छ।

सगुनमा लगानी गर्न वा थप जानकारीको लागिः

www.sagoon.com/invest

 

क्यानडामा रहेका र सगुनमा लगानी गरेका केही प्रतिनिधिहरुको प्रतिकृया र शुभेच्छा यस्तो छः

भिडियोः

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू