अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

गायक महेश भण्डारीको चर्चित गीत ‘सम्झौता गरे मैले आफ्नै मृत्यसँग’को भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ मंसिर ३ गते ३:३६ मा प्रकाशित

गायक महेश भण्डारीको चर्चित गीत ‘सम्झौता गरे मैले आफ्नै मृत्यसँग’को भिडियो समेत बनेको छ । राम भट्टराइको शब्द तथा श्याम महर्जनको संगीत रहेको गीतको भिडियो बिनोद श्रेष्ठले निर्देशन गरेका हुन् ।

पछिल्लो समय अमेरिका बस्दै आएका गायक महेशले नेपाल आएको बेला काठमाडौमा म्युजिक भिडियो खेल्ने रहर भएका एक ब्यक्ति भेटेका थिए । उनै माथी भिडियो छायाँकन गरिएको छ । भिडियो अभिनयपछि ति ब्यक्तीको निधन भएकोले निधनलाई पनि भिडियोमा समेटिएको छ ।

‘भिडियो अभिनय गर्ने रहर भएका एक ब्यक्ति भेटेको थिए’ गायक भण्डारीले भने ‘ति ब्यक्तिको अभिनय रहर पुरा भएपछि मृत्यु भयो ।’ उनको मृत्यु र अन्तिम संस्कार पनि भिडियोमा समेटेको भण्डारीले खुलाए । ढुङ्गे अड्डा काठमाडौमा जन्मिएर हाल अमेरिका कर्मथलो बनाउदै आएका उनले बिदेश रहेपनि नेपाली गीत संगीतलाई निरन्तरता दिदै आएका छन् ।

उनी बर्षको एक पटक स्वदेश फर्किएर नेपाली गीत रेकर्ड गराउने गर्दछन् । उनले हालै पनि एक नयाँ गीत रेकडिङ गरेका छन् । डा. कृष्ण हरि बरालको शब्द तथा गैरे सुरेको संगीतमा उनले ‘हरचिज बदलिएछ’ बोलको गीत रेकर्ड गराएका हुन् । सानै देखिको रहरले गायनमा होमिएका उनीसँग साधना कलाकेन्द्रमा पाँच बर्ष सांगीतिक प्रशिक्षण लिएको अनुभव पनि छ ।

२०५४ मा राष्ट्रिय नाच घरबाट एक बर्षको गायनमा स्कलसिप पाएका उनले २०५७ मा रेडियो नेपालबाट स्वर प्रशिक्षण पास गरेका थिए । त्यसपछि करिब एक दर्जन कलेक्सन एल्बममा गायका उनले जीवनकै पहिलो गीत भने श्याम महर्जनको संगीतमा ‘खुसी त महँगो’ भन्ने गाएका थिए । यसमा शब्द प्रकाश न्यौपानेको थियो । त्यसपछि महर्जनकै संगीत र दानबिर थापाको शब्दमा ‘जती जती तिमि रिसाउछौ’, ‘सम्झौतानी गरे मैले’ गाएका थिए । यी गीतले भने उनलाई गायनमा चिनाउने काम गर्यो । यी गीतका भिडियो पनि तरा भएका छन् ।

भिडियोले झन् उनको सांगीतिक करियर उकास्ने काम गर्यो । सांगीतिक करियर फक्रदै गर्दा बिदेश तिर हानिएका उनी बिदेश बसाइमा पनि गीत संगीलाई निरन्तरता

प्रतिक्रिया