अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२ | Colorodo: 11:17

लाईभ कन्सर्टका लागि गायक राजेश पायल राईको विश्व भ्रमण

बिआरटीनेपाल २०७४ कार्तिक २७ गते ५:४६ मा प्रकाशित

केही दिन अघि मात्र अमेरिका बाट ‘इन्टरनेशनल पप स्टार’को उपाधि प्राप्त गरेका चर्चित गायक राजेश पायल राईले आफ्नो प्रस्तुतीका लागि विश्व भ्रमण गर्ने भएका छन् । आफ्नो एकल लाईभ कन्सर्टका लागि गायक राई युएई, भारत, हङकङ, न्युजिल्याण्ड लगायतका देशहरुको भ्रमण गर्ने भएका हुन् ।

विभिन्न राष्ट्रको भ्रमणका लागि तय भएका गायक राई सन् २०१८ को फेब्रुअरी सम्म ब्यस्त रहने जानकारी भर्खरै राजेश पायल राई फाउण्डेसनले सार्वजनिक गरेको ब्यानरबाट प्राप्त भएको छ । जसमा गायक राइले आगामी नोभेम्बर ३० तारिखका दिन युएईको अबुधाबीमा आफ्नो प्रस्तुती दिने छन् भने डिसेम्बर १४ का दिन नेपाली भाषीको समेतको बाहुल्यता रहेको भारतको आसाममा कन्सर्ट गर्ने छन् ।

त्यस्तै उनको हङकङको कन्सर्ट आउँदो डिसेम्बर २५ तारिखका दिन रहेको छ । यो बर्षको अन्तिम सम्मै कार्यक्रममा ब्यस्त रहने गायक राईले सन् २०१८ फेब्रुअरी १७ का दिन न्युजिल्याण्ड पुगेर आफ्नो प्रस्तुती दिने भएका छन् ।

सार्वजनिक ब्यानरमा ४ देशहरुको नाम र कार्यक्रम मिती उल्लेख भएको भए पनि राजेश पायल राई वल्र्ड टुर नाम दिईएको यो कार्यक्रममा अरु देशहरु पनि  थपिन सक्ने संभावना देखिन्छ ।

प्रतिक्रिया