अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

बिश्वप्रसिद्ध साङ्गीतिक प्रतिस्पर्धामा भिड्दै अभि बस्ताकोटी

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते २२:३६ मा प्रकाशित

क्यानाडाको टोरन्टोमा हुन गइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा हाल अमेरिकाको नर्थ क्यारोलाईना बस्दै आएका १७ वर्षीय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस) छनौटमा परेका छन् । नोभेम्बर ९ देखि ११ मा हुन गइरहेको उक्त प्रतिस्पर्धामा विश्वका विभिन्न मलुकका ६४ जना म्युजिक कम्पोजरहरु छनौटमा परेका छन् ।

प्रतिस्पर्धिहरुले उक्त अवार्ड जित्नका लागि विभिन्न चरणहरुमा आफ्ना १५ वटा साङ्गीतिक प्रस्तुति गर्नुपर्नेछ । साउन्ड सुप्रिमेसि इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेकोे उक्त प्रतियोगिता साङ्गीतिक क्षेत्रका प्रतिभा पहिचाहनको लागि कोसे ढुङ्गा मानिन्छ ।

आयोजकहरुले जनाए अनुसार विगतमा यस प्रतियोगिताबाट छनौट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मि अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेका छन् ।

संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, युरोप, एसिया, अष्ट्रिेलिया, अफ्रिका लगायत विश्वका विभिन्न मुलुकका म्युजिक कम्पोजरहरुसंगै नेपाली मूलका बस्ताकोटी छनौटमा परेका हुन । उक्त प्रतियोगितामा छनौटमा परेका नेपाली मूलका उनी पहिलो व्यक्ति हुन ।

विगत दुइबर्षदेखि साङ्गीतिक क्षेत्रमा लागेका उनले पाश्चात्य सङ्गीतको क्षेत्रमा (खास गरी हिपहप र आर एण्ड बि म्युजिक) मा हस्तक्षेपकारी भूमिका निबार्ह गर्दै आएका छन् । उनको सङ्गीतमा अमेरिका, क्यानडा, बेलायत लगायतका गायक गायिकाहरुले स्वर भरेका छन् । उनले सन् २०१५ मा क्यानाडाको क्यालगिरिमा भएको बिट ब्याटलस्स प्रतियोगितामा पनि अवार्ड प्राप्त गरेका थिए । उनको साङ्गीतिक यात्राका बारेमा विश्व प्रसिद्ध कम्प्लेक्स म्यागाजिन, हिपहप क्यानडा, गुड जुस बक्स लगायत पत्रिकाहरूमा पनि बारम्बार प्रकाशित भएका छन् ।

बस्ताकोटीका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू