अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै छ – डिआईजी सर्वेन्द्र खनाल

बिआरटीनेपाल २०७४ कार्तिक १७ गते ७:५२ मा प्रकाशित

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताउनु भएको छ ।  रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएकाले सबैले ट्राफिकलाई कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौति रहेको बताउनु भयो । उहाँले समयको सिमा तोकेर सवारी सञ्चालन गरिनु पर्नेमा जोड दिनु भयो ।

उपत्यका महानगरपालिकाको अवधारणसँगै दिनमा मात्र नभएर रात्रीकालीन अवस्थामा समेत सवारी सञ्चालन हुने भएकाले यसका ब्यवस्थापनका लागि ट्राफिकले मात्र चाहेर केही गर्न नसक्ने भएकाले सबैले सवारी साधान ब्यवस्थापनबारे बेलमै दिर्घकालीन सोचका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।

दुर्घटना बढ्नुका कारण सवारी साधनका कम्जोरी र सवारी चालकको कम्जोरी कै कारण धेरै जनधनको क्षती भएको तथ्याँकले बताएकाले सबैले यता तर्फ ध्यान दिन सके धन जनको क्षती कमी हुने उहाँले बताउनु भयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समेत ट्राफिक ब्यवस्थापनमा समस्या उत्पन्न भएको र यस तर्फ सरकारले ध्यान दिनु पर्नेमा उहाँको भनाई छ ।

दिनानु दिन सवारीको चाप बढ्नु तर सडकको उन्नोतरी गर्ने तर्फ ध्यान जान नसक्नु सवारी जामका साथै दुर्घटनाको कारक भएकाले समेत यता तर्फ ध्यान दिनु पर्नेमा जोड दिँदै उहाँले वातावरण प्रदुषण गर्ने सवारी साधानमा रोक लगाउनु पर्ने बताउनु भयो ।

उहाँले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू